मुटुमा माया कोरि जानेलाई
सुटुक्क मन चोरि जानेलाई
सोचिरहुँ सोचाइमै सजाउँ
कि सधैँलाई आफ्नो बनाउँ
बगिरहेँ म खोला संगै भेटुँ चाँडो भनेर
रोकिएछु तिँ अलिपर बसिछौ बाटो हेरेर
तिम्रो मंजु आँखामा हराउँ
कि सधैँलाई आफ्नो बनाउँ
मिसिरहेँ म मुस्कानमा चम्किरह्यो चाँदनी
तिमी कति राम्री प्रिय झुल्किएझैँ विहानी
मेरो प्रीतको ढुकढुकाइ सुनाउँ
कि सधैँलाई आफ्नो बनाउँ
लस एन्जेलस