19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी August 4, 2017, 5:31 pm
विमल गिरी
विमल गिरी

स्वर्ग जस्तो हाम्रो देश हराभरा नेपाल

हिमाल पहाड नदीनाला गरागरा नेपाल

डाफे मुनाल गुसार फुल्ने नागी वरपर

पौरख गरौ उर्वर बनाउ धरती धरोहर

चेतनाको लहर फैलाउ सराबरा नेपाल

विश्वास बोकी आगनीमा बनाउ छहारी

आँखाभरि राखौ देशलाई दुष्मन लगारी

प्यारो धरती हाम्रो स्वर्ग हराभरा नेपाल

स्वर्ग जस्तो हाम्रो देश हराभरा नेपाल

हिमाल पहाड नदीनाला गरागरा नेपाल ।

चारपाने,झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।