रिसाउदा मन कति पर हुन्छ
त्यैपनि मायाको नै भर हुन्छ
दुबैको सम्झनामा छ र हुन्छ
सँगसँगै रमाएको घर हुन्छ
छुट्टिए पनि कहाँ यो छुट्टिन्छर
नमिलुन्जेल चित्त कहाँ बुझ्छर
दुबैको सम्झनामा छ र हुन्छ
सँगसँगै रमाएको घर हुन्छ
लुकाउँ आँसु बगिदिन्छ तिम्रो पनि
दु:खाउँ मुटु दु:खिदिन्छ तिम्रो पनि
दुबैको सम्झनामा छ र हुन्छ
सँगसँगै रमाएको घर हुन्छ
रिसाउदा मन कति पर हुन्छ
त्यैपनि मायाको नै भर हुन्छ ।