17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रुख र युवती

कविता वासुदेव अधिकारी August 11, 2017, 2:21 pm
वासुदेव अधिकारी
वासुदेव अधिकारी

शिशिर खस्दै जाने

पात झर्दै जाने

रुखहरु सर्बाङ्ग नाङ्गिने

तर युवतीहरु छोपिँदै जाने

नाक आँखा मात्र देखिने

ठ्याक्कै उल्टो !

वसन्त खस्दै जाने

मुना पलाउँदै जाने

पात थपिदै जाने

रुखहरु हाँगिदै जाने

अन्त गएका चराहरु

गीत गाउँदै

पुरानो माया चाख्न आउने

तर युवतीहरु

लुगा फुकाल्दै जाने

नाङ्गिदै जाने

के गरेको होला यस्तो ?

के भएको होला यस्तो ?

दुबैलाई

सामान्य पहिरन सहित

कम नाङ्गो बनाउन सक्दैन प्रकृतिले ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।