18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी August 28, 2017, 3:18 pm
भाष्कर काजी
भाष्कर काजी

मेटिन्न याद, कसैको तस्बिर जलाएर

रोएर, कराएर, मन्दिर भत्काएर ।

कसैले सडकमा भाग्य खोज्दैछन्

जोगिलाई हातको लकिर देखाएर ।

बिवश र बुद्धिमान खतरनाक हुन्छन्

तिम्ले दु:ख निम्त्यायौ फकिर चलाएर ।

बल देखाउँछ, बिचारको दरिद्र मान्छे

बिजयोत्सब मनाउँछ शरीर ढलाएर ।

ऊ सडकमा पुग्नुको पनि कारण छ

नजरले अन्याय गर्यो तिर चलाएर ।

कसैले सोच्यो, पैसा रुखको पात हो

अनि झार्न खोज्यो अमीर हल्लाएर ।

रुँघा-७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।