19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी August 28, 2017, 3:29 pm
विमल गिरी
विमल गिरी

मदहोस् भए म त यो नशालु रातमा

ए हसिली रसिली तिमी छैनौ साथमा

सङ्गै हुन पाए हुन्थ्यो होला स्वर्ग जस्तो

अधेरी रातमा जुन तारा नै झरे जस्तो

कोहि छैन ऐलेसम्म केही छैन हातमा

ए हसिली रसिली तिमी छैनौ साथमा

सपनीमा आइदेउ कैले प्रित लाइदेउ

मनको किनार भरि बहारबनि छाइदेउ

कसरी खुशी बनौ पिरैपिरको खातमा

ए हसिली रसिली तिमी छैनौ साथमा ।

चारपाने झापा, हाल: ब्रसेल्स,बेल्जियम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।