सधैँ मेरो गला बेरिएको हुन्छ
यो गल्बन्दी
उर्फ !
तिम्रो मायाको चिह्नो ।
सधैँ मलाई तिमीतिरै
लैजान्छ
मलाई यो गल्बन्दीले
अनि
एक्लै बनाउ छ मलाई
तिम्रो स्मृतिले ।
सेन्ट्रल पार्कमा बसेर
मुना-मदन बन्ने
समय होइन अहिले
‘दिलवाले दुलहन लैजाँएगे’ भई
‘‘राधा तेरे चुनरी” भन्दै
नाच्ने क्षण पनि होइन ।
‘टम एन्ड जेरी’ भई
एक आपसमा आँखा तर्ने
अवस्था पनि होइन ।
मात्र तिमीले दिएको उपहारमा
तिम्रो कोमल स्पर्षको
नरम अनुभाव गर्ने
स्थितीमा छु ।
तिम्रो पिप्पल पाते ओठबाट
निस्केका खस्रो बातहरूको
कल्पना गर्दै
चिल्लो मुस्कान मुस्कराउनु पर्ने
फाटकमा पुगेकोछु म ।
तिमीले दिएको उपहार
मसँग आलैछ,
सायद तिमीले त च्यालेउ होला
यो साईवर युगमा मैले तिमीलाई लेखेको
प्रेम पत्र; उर्फ ! प्रेम निबन्ध ।
दार्जिलिङ ।