18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर. आभास September 16, 2017, 3:32 am

एक्लै छ रातको जुन,तिम्रो अभावमा

गाम्भिर्य बग्दै छ अरुण,तिम्रो अभावमा !!

कति सुनु एक्लै यो,गीत जिन्दगीको

खल्लो लाग्न थाल्यो धुन,तिम्रो अभावमा !!

न छ दिनमा भोक, न रातमा छ चैन

दिन कुन हो?रात कुन,तिम्रो अभावमा !!

म बाँचेको छु तिमी, यो मुटु भित्र हुँदा

बग्दैन धमनीमा खुन, तिम्रो अभावमा !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।