19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी September 15, 2017, 7:52 pm

तिम्रो आफ्नै भाउ छ, मेरो आफ्नै भाउ छ,

नचलाउ भो भित्र कतै, दुख्ने गहिरो घाउ छ ।

शहर होला, शहर जस्तै रहर होला,

तिम्रो भन्दा भिन्दै, मेरो निर्जन गाउँ छ ।

बिर्सिएका कति पात्र बिर्सिएरै जान्छन,

कोही भने घरीघरी मनमन्दिरमा आउँछ ।

शान आफ्नो, निशान आफ्नो, परेशान आफ्नै,

दुनियामा के भन्नु खै, सबको आफ्नै दाउ छ ।

आफ्नै रंग, आफ्नै ढंग आफ्नो अनुहारको

नथपिदेउ कुनै रंग, मेरो आफ्नै नाउँ छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।