19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मन्दिरा मधुश्री October 20, 2017, 8:18 am

मुटु भित्र अल्झेका याद चुडालेर लैजाउ अब

नासो सबै फिर्ता दिएँ सम्हालेर लैजाउ अब ।

मनैभित्र राख्दा पनि कसर छ कि शंका भए

तलाउ छ आँखा भित्र पखालेर लैजाउ अब ।

हामी थियौँ शुन्यतामा धड्कन मात्रै तेज थियो

साक्षी बस्ने यहि मुटु निकालेर लैजाउ अब ।

पसारो छन वाचा कसम यो छातीको मझेरिमा

झुक्किएर कुल्चिएला सङ्गालेर लैजाउ अब ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।