साथीभाई अनि तिमी देउतै लाग्छ मलाई
गीत गजल अनि प्रीति एउटै लाग्छ मलाई
सबै आफ्नै मित्रहरु संसार यो आफ्नै घर
ठाढा भएनि छितिज छेउकै लाग्छ मलाई
न बुझ्छु जातभात राजनीति शून्य सरि
मान्छे मान्छे सबै एउटै लाग्छ मलाई
मन हो ठूलो सानो हर बिचारको जननी
गरिब धनी हर मानव एउटै लाग्छ मलाई
सब बिचारको सम्मान गर्नु रहेछ उच्च नियति
तिम्रो सपना मेरो चाहना एउटै लाग्छ मलाई