18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की November 4, 2017, 1:13 am
राकेश कार्की
राकेश कार्की

जीवन त यस्तै भेट्ने छुट्ने रैछ

बनाउदा बन्ने टुटाउदा टुट्ने रैछ

दुई आत्मा मिले नयाँ फूल फूलाउछ

नमिले त्यही फूल आँसुले बगाउछ

दु:खाए दु:खी मन चर्कि फुट्ने रैछ

बनाउदा बन्ने टुटाउदा टुट्ने रैछ

जीवन त यस्तै भेट्ने छुट्ने रैछ

बनाउदा बन्ने टुटाउदा टुट्ने रैछ

कसैले केही पाउछ कसैले गुमाउछ

जिन्दगी यस्तै घामछायाँले घुमाउछ

बोलाए माया गरे सुख जुट्ने रैछ

बनाउदा बन्ने टुटाउदा टुट्ने रैछ

जीवन त यस्तै भेट्ने छुट्ने रैछ

बनाउदा बन्ने टुटाउदा टुट्ने रैछ

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।