19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी November 4, 2017, 1:15 am
विमल गिरी
विमल गिरी

चित्कार पिडासङ्गै रहर मिसाउन हुन्नथ्यो

पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

तृष्णा मेटिसके पछि सुनसान रातहरुमा

टुक्रिएको मन जोड्न घात आघातहरुमा

बनावटी आशुको नहर मिसाउनु हुन्नथ्यो

पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

बाध्यता विवसमा शोकको पीडा थाहाभो

आँफैलाई परेपछि भोकको पिडा थाहाभो

मन दुखाउने एक नजर मिसाउन हुन्नथ्यो

पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

चारपाने झापा

हाल: बेल्जियम ब्रसेल्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।