यस पाली पनि दिदैले भाई टिका लाउनु भएन
माईतीको माया दिदैले साथैमा पाउनु भएन
दिन बित्यो रात बित्यो राजै हेरी रहिन बाटो
फूलमाला ओईलाई गए तर हजुर आउनु भएन
यम पंचक सकिन लाग्यो घाम पुगे डाँड़ामा
बिन्ती गर्छु ए यम किन भाई पठाउनु भएन
रङ्गी चङ्गी निधार र गलामा फूलमाला सबको
सँधै साल म जान्थें तर यसपाली धाउनु भएन
पोहोर साल छानो चुंदा भिनाजुले टाली दिए
जस्ता पाता पठाई दि्याथ्यौ अझै छाउनु भएन