17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म खोजी रहेछु

कविता निलकमल छेत्री December 1, 2017, 4:53 pm
निलकमल छेत्री
निलकमल छेत्री

बियोगमा जलेको मेरो छाति

सित्ल कतै छ कि भनि खोजि रहेछु |

हजारौंको भिड़मा छु,

हल्ला छ यहाँ फेरी पनि तेहि आवज म खोजि रहेछु

हो आमा म तेहि हजुरको आवज सुन्न यहाँ तड़पि रहेछु ।

सानो हुदा बूबाको ड़रले हजुरकै आंचल पछाड़ि लुकने गर्थे म

आज तयो आंचल मात्र हेंगरमा झुनडिएको छ

आज तयो आंचल भित्रको माया म खोजी रहेछु |

तयो समय पनि बिहानि उज्यालो हुन्थो

आज पनि बिहानि उज्यालो हुन्छ

फरक यति मात्र छ |

तयो बिहानि हजुरको उज्यालो मुहर हेर्न पाँउथे

आज मुहरको साटो एउटा तसवीर मात्र छ,

तयो तसवीर पछिको आमाको न्यानो माया म खोजि रहेछु ।

पुर्व सिक्किम ,भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।