18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी December 1, 2017, 4:55 pm
भाष्कर काजी
भाष्कर काजी

नपिउनु मदिरा, पिएपछी सताउँछ

जसरी मगन्तेले दिएपछी सताउँछ ।

प्रेमी साह्रै मायालाग्दो हुन्छ, पहिले

जति सताउनुछ बिहेपछी सताउँछ ।

नजरको युद्धमै मज्जा हुन्छ, माया

कसैसङ्ग मन मिलेपछी सताउँछ ।

भुरा कोक्रोमै ठिक हुन्छ, हल्लाए पुग्छ

जब उभिन्छ अनि हिँडेपछी सताउँछ ।

धोकेबाजको परिचय हो, भन्दा हुन्छ

फकाएर लिन्छ, लिएपछी सताउँछ ।

रुँघा- ७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।