19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाउको तालु

कविता अमर निराकार राई December 1, 2017, 9:02 am

मलाई नेहरू बनाउने सपनाले

बाउको तालु गान्धीको जस्तै

भएको हो,

मलाई थहा छ

मैले सपनामा पौरी खेल्दा

विपनामा

ओछ्यान नै आहाल बनाएको बेला

मेरो बाउ भालेको

पहिलो डाकमै उठेर

काठको भरीसँग त्यो पारी

चुङ्गथुङ जाँदैगरेको हुन्थ्यो ।

म भने ओछ्यानमा नै

सपनाको नहर सुकाउने प्रयास

गर्दै सिरकमा गुटुमुटु परेर

सुतिरहेको हुन्थे

बाउको भविष्यको नेहरु म ।

बाउको तालु र गान्धीको तालु

उस्तै उस्तो नभएको भए

आज म विश्वविद्यालयको आगनमा हैन

कुनै भट्टीमा ल्याप्यकस भएर

सेन्थेरेमसँग लव गरिसकेको हुन्थे की चैं

कुनै माकिलको रेस्टुराँमा बड़तन माजीरहेको हुन्थे

त्यसैले म हरेक दिन

बाउको अनुहार हेर्छु

जुन अनुहारले मलाई अझै उत्तिकै विश्वस गर्छ ।

हिज बाउले

हसियाँ टुप्पा तताएर

पुरानो टाटा जुता टाल्दै गरेको अवस्थाबाट

निस्केको धुँवाको गन्ध नचलेको भए

आज मेरो शरीरबाट एक्सको गन्ध आउने थिएन ।

दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।