संझनामा मन मेरो डुबिरहेछ आज
प्रियसी तीमी मेरी कहाँ हरायौ आज
गोधुलीमा खोलानाला गर्छन पुकार
कति शून्य यो तिमिबिनाको साँझ
न बोल्छ पवन न बाटो केहि भन्छ
देख्दिन जून मेरी हजारौ तारा माझ
कति मधुर थिए ती मिलनका पलहरु
तिमिबिना यहाँ बिरानो भयो समाज
आँखाबाट बगे आँशु बगेन तिम्रो याद
तिमी आउने आशमा पर्खिरहेछ युवराज।
डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा