तिम्रो दिलसम्म पुग्ने मन रहर लाग्छ अधुरो भयो
मन साट्ने सपना देखें सपनीमा नै सिमित भयो ।
रात भनिन दिन गनिन पलपल छातीभित्र सजाएँ
आफ्नो हौ कि तिमी सम्झेर परेलीमा सँधै लुुकाएँ,
जून हौ कि फूल तिमी सुन्दर याद सँधै मेरो भयो
मन साट्ने सपना देखें सपनीमा नै सिमित भयो ।
श्वास श्वासमा नाम हुन्थ्यो साथ बाँच्ने अनि जीउने
रहरमा देखेका चाह बादल जस्तो रूप सँधै फेरिने,
हुन्छ हुन्नौ तिमी मेरो कल्पनामा याद आफ्नो भयो
मन साट्ने सपना देखें सपनीमा नै सिमित भयो ।