19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी December 29, 2017, 4:58 pm
विमल गिरी
विमल गिरी

रुँदा मन सम्झनामा आँशुबनी झरिरँहे

सँगालेर तिम्रै माया अन्जुलिमा भरिरँहे

रुनु हास्नु नियति हो भोग्ने छू म एक्लै

भिजेको यि परेलीहरुमा हुनेछु म बेग्लै

प्यासमा पलपल मौन चित्कार छरिरँहे

सँगालेर तिम्रै माया अन्जुलिमा भरिरँहे

जलाउने र जल्ने कथा नसम्झिनु भन्छु

कहाँ गयो भोक निन्द्रा त्यसै रन्थनिन्छु

घरमुनिको एक्ले पिपलसङ्गै पर सरिरँहे

सँगालेर तिम्रै माया अन्जुलिमा भरिरँहे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।