18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भाष्कर काजी December 29, 2017, 5:00 pm
भाष्कर काजी
भाष्कर काजी

जसका लागि बाँचेको थेँ उसैले नै साथ छोडी

हजार सपना चुँडाई मेरा फूल टिपि पात छोडी

कस्तो पापी मन हो !आफ्नो रुँदा हाँसिदिने !

एउटासित बाचा गरि अन्तै नाता गाँसिदिने।

:

दुनियाँ रच्दै रहेछु म सपनाको सहरभित्र

किन जीवन देखेँ खै उस्को जाली नजरभित्र?

डाली रित्तो पारी उडि भवँराको साथ रोजि

हजा सपना चुँडाई मेरा ...

:

जसरी बस्यो माया मेरो उसैगरी टुटेहुन्थ्यो

कति गाह्रो बिछोड खेप्न बरु लास उठेहुन्थ्यो

बास उठाई लास छोडी पराईको हात रोजि

हजार सपना चुँडाई मेरा ...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।