17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विना भिषाको दुबई यात्रा

नियात्रा बिनोद खड्का July 21, 2008, 5:48 pm

कुरा सन १९८८ को हो अर्थात २० बर्ष पुरानो कुरा । म काम गर्ने अफिसले -नेपाल वायुसेवा) मलाई एक
दिनको लागी दुवईको यात्रा गर्ने आदेश दिएको थियो । अर्थात अफिसियल कामको लागी एक दिनको
विदेशको यात्रा गर्नु पर्ने भएको थियो अझ भन्दा विदेश यात्रा गर्ने अवसर मिलेको थियो । काम पनि धेरै
गाहृो थिएन सिर्फकेही बाकस हवाई टिकट दुवईको अफिससम्म पुयाउनु थियो । यात्राको अनौठो र  हाँस
उठ्दो पक्षचाँही के थियो भने मसंग यो यात्राको लागी भिषा थिएन । दर्ुवईको अफिसको लागी टिकट
यति जरुरी भयो कि भिषा माग गर्ने समय पनि रहेन । यता भनिएको थियो कि मिले शहर छिर्नु नमिले
एयरपोर्टमा नै टिकट बुझाएर एयरपोर्टबाट नै फर्किनु । त्यतिखेर हाम्रो कम्पनीको जहाज काठमाँडौबाट दुवई
हुदै जर्मनीको फ्रान्कर्फट र बेलायतको लण्डनसम्म पुगथ्यो । मेरो कार्यक्रम अनुसार म बिहानको ११ बजेतिर
दुवई उत्रने र भोलिपल्ट बिहान पश्चिमतिरबाट र्फकने सोही जहाजमा नेपाल र्फकन्े थियो । यस अर्थमा
मलाई शहर छिर्न नपाए पनि घाटा चाही केही परिहाल्नेवाला थिएन । त्यसो त त्याहाँको मेनेजर घोटानेले
भनेका थिए कि उनले एयरपोर्टमा नै भिषा व्यवस्था गर्नेछन । यदि भनेको जस्तै भई हालेमा दुवई शहर
देख्न पाउने सम्भावना पनि केही हदसम्म थियो ।
अघिल्लो दिन नै टिकटको बाकस एयरपोर्ट पुराएर साँझमा घर फर्के । भोलिपल्ट बिहानै उडान थियो । मन
बहुत प्रफुल्लित थियो दर्ूइ कुराले । पहिलो कुरा थियो त्यतिखेर सुने अनुसार डलर भत्ता भएको ठाँउमा
डयूटी ट्र्भल गर्ने मेरो तहमा म नै पहिलो थिए । दोश्रो कुरा थियो म झण्डै साँढे चार घण्टाको उडानमा
अरब राष्ट्र् जाँदै थिए त्यो पनि जागिर खाएको दर्ूइ बर्षा नै त्यती लामो उडान । मान्छेले खुसी हुँदा पनि
खाना खान सक्दो रहेनछ । त्यही भयो मलाई पनि । कहिले भोली होला भन्नेमात्र भई रहृयो ।
भोलिपल्ट बिहानै टिकाटाला गरेर एयरपोटको लागि रवाना भईयो । जहाज पश्चिमतिर हानियो । झयालको
सिट परेकोले बाहिर केही न केही त देखिनथ्यो । त्यसो त ३५ हजार फिटको उँचाईमा उडिरहेको जहाजबाट
के चाही प्रष्ट देखिदो हो र । जहाज डाँडा पाखा खोलानाला र मरुभूमी हुदै मरुभूमी नै हुदै दुवईको
एयरपोर्टमा उत्रिदा बिहानको करिब ११ जति बजेको हुदो हो ।
यात्रुहरुको जहाजबाट ओर्लिने क्रमसँगै मैले पनि ढोकाबाट के पाईला बाहिर निकालेथे मेरी आम्मै आगोको
पर्रर्स्तो तातो  रापले झयाप्पै पो हाँन्यो त । कति गर्मी रहेछनी हो यो देशमा । लौ बित्यास, बाहिर निक्लने
हतारले टिकट भएको झोला त निकाल्नै बिर्सिएछ नि । जहाजबाट निक्लेर भ.याँग ओर्लेर तल आईपुगि
सकेको मान्छे झटृ पछाडी फर्केर के सिढी चढ्न खोज्दै थिए विमानस्थल सूरक्षाकर्मी चिच्याईहाल्यो र मलाई
पछाडी जानै दिएन । म वाध्य भएर अगाडी बढ्नुपर्यो । मेरो सातोपुत्लो उड्यो किनभने जुन कामको लागी
आएको थियो त्यही नै सम्बन्धित अधिकारीलाई बुझाउनु पहिले नै जहाजमा छुट्यो । त्यसपछि एउटा ठूलो
बसमा राखेर सबै यात्रुहरुलाई एयरपोर्ट र्टर्मिनलमा पु.यायो । अर्थात म अध्यागमनको अगाडी अरु सबैजस्तै
लाईन लाग्न पुगे तर बिडम्बना मसँग त्यो देशमा प्रवेश गर्ने प्रवेशाज्ञा -भिषा) थिएन । एकातिर जुन
कामको लागी आएको थिए त्यो पनि पूरा नहुने भयो सामान त जहाजमा नै छुटीहाल्यो अर्कोतिर हाम्रा
घोटाने हाकिम पनि देखिएनन । मेरो हालत शुरुमा नै नाजुक भई हाल्यो ।
जे त पर्ला भनेर म अगाडी बड्दै गए अरु यात्रु्हरुसँगै । अरु यात्रु्हरुसँगै म पनि लाईनमा बसिदिए तर
किन बसे कहाँ जानको लागी बसे म आफैलाई थाहा छैन किनभने म त त्यही जहाजमा र्फकनु पर्ने मान्छे
र भिषा पनि नभएको मान्छे । लाईनमा अगाडी र्सर्दै गए, र अध्यागमन  अधिकारीको अगाडी पनि पुगीहाले
। हुनु के थियो त्यही भयो , अध्यागमन  अधिकारीले अध्यागमन अगाडी लस्करै राखेको मेचमा बस भन्यो
। म प्रतिवाद नगरीकन अगाडीको मेचमा गएर बसे । अध्यागमनको अगाडी लाईन घट्ने त सवाल नै छैन
। मान्छेहरु आएका छन आएका छन । म मूक दर्शक भएर त्यो कहिल्यै नटुँगिने लाईन हेरी रहेको छु एक
तमास हेरी रहेको छु । मैले सोचेको थिए कि लाईन टुंगिएला र अध्यागमन  अधिकारी आएर मसंग केही
पूछताछ गर्ला । तर लाईन पनि  टुंगिएन र अध्यागमन  अधिकारी पनि म भएतिर आएन । एक पटक
घोटाने हाकिम अध्यागमनको अधिकारीसँग कुरा गरिरहेको देखिए, म भित्र केही आशाका किरणहरु पलाए ।
तर उनी क्षणभरमा नै बिलाए । न उनी म सम्म आए न त त्यही उभिएको देखिए । मलाई आशा पलाएको
कारण चाँही खाली एक पटक दुवई शहर हेर्ने रहर जागेको थियो । यति पर आई सकेपछि दुवई शहर हर्ेर्ने
रहर जाग्नु पनि स्वाभाविक नै थियो । मैले सोचको थिए कि जहाजलाई जर्मनीतिर उडाए पछि घोटाने
हाकिम मलाई लिन आउलान । तर हेर्दाहेदै हाम्रा यात्रुहरु फेरी अध्यागमनको अगाडी हुदै ट्रान्जिट
लाउन्जतिर लागेका देखिए । पछि थाहा भएको थियो कि जहाजमा प्राविधिक गडबडी आएकोले जर्मनीतिर
उडिसकेको जहाज उडेको केही समयमा नै दुवईमा नै फर्काइएको थियो ।
अध्यागमन अगाडी बसेर तमासा हर्ेदा हर्ेर्दै समय गएको पत्तै भएनछ । रात ढल्किसकेछ ।
एयरपोर्टभित्रको एसिको चिसोले मलाई ज्वरो आए जत्तिकै भईसकेको थियो । विमानस्थलमा काम गर्ने केही
भारतिय मूलका मानिसहरु आपसमा मेरै कुरा गदै हिडेको सुनिनथ्यो । कोही त आएर ढाडस पनि दिन्थे ।
कोही भन्थे चिन्ता नगर तेरो मेनेजर आएर लग्छ । कोही भन्थे भाग्यमानी रहिछस विना भिषामा आँउदा
पनि थुनि दिएन । तर जे भए पनि अहिलेसम्म मेरो अफिसको मेनेजर घोटाने मलाई भेट्न सम्म पनि
आएका थिएनन । म सानोतिनो कर्मचारीलाई त्यति महत्व नदिनु खासै नौलो कुरो त होईन तर विदेशमा
परिचितसंग आश लाग्दो रहेछ सहयोग मिल्छ कि भनेर । आफुलाई ठूलो हुँ भन्ने यस्तो कथित प्रवृती
सामान्यतया हाम्रो देशका सबै जसो कार्यालयहरुमा सजिलै देख्न सकिन्छ । त्यसैले आर्श्चर्य मानी हाल्नु पर्ने
कारण भने छैन ।
रातको करीब दश एघार बजेतिर एउटा अरेबियन प्रहरी र एक भारतिय जस्तो देखिने मान्छे मेरो नगिच
आएर भने “के खान्छस” मलाई यतिखेर तिनीहरुदेखि ज्यादै रीस उठेको थियो । मलाई लागेको थियो कि
मलाई उनीहरुले अन्याय गरेका छन । वास्तवमा यस्तो सोच्नु मेरो गल्ती थियो किनभने यसमा मेरो र
मेरो अफिस दूबैको गल्ती थियो किनभने बिना भिषामा यात्रा गर्ने त म नै थिए ।
मैले रिसाउँदै भनिदिए म केही पनि खान्न । सायद म रीसाएको देखेर होला उनीहरुले मलाई सोधे “तैले के
गल्ती गरेको छस र तलाई के सम्म कारवाही हुनसक्छ तलाई थाहा छ- तँ विना भिषामा यहा आएको छस
र तलाई सिधै कारवाही पनि हुन सक्छ” । खोई किन हो, सायद यूवा उमेरको कारणले होला मैले झट्टै
जवाफ फर्काईहाले “किन कारवाही गर्दैनस त-” म सारै रुखो पल्टेको थिए ।

तिनीहरुले अरबी भाषामा के के कूरा गरे त्यो त मैले बुझिन तर त्यसपछि तीनिहरु त्याहाबाट गए ।
एकछिन पछि तिनीहरुका  साथमा एउटा हाकिम जस्तो देखिने मोटे अधिकारी म भएतिर आयो । त्यो
मोटेले आउने बित्तिकै सोधिहाल्यो के खान्छस भनेर । मैले पनि झट्टै जवाफ दिई हाले केही खान्न भनेर ।
त्यसपछि त्यो मोटेले भन्यो तैलै खानाको पैसा तिर्नु पर्दैन । मैले फेरी पनि खान्न भनिदिए । किन नखाने
भनेर सोध्यो । मैले भने मलाई तिमिहरुले लेराउने खानामा विश्वाश छैन त्यसैले म कुनै जोखिम उठाउन
चाहन्न । मोटे हाँस्यो मरिमरि हाँस्यो । मोटेले फेरी सोध्यो किन विश्वाश छैन । मैले भने म एक कर्मचारी
कम्पनीले पठाएर आएको तर तिमिहरुले मलाई मेरो गल्ती विना नै पछिल्लो १२ घण्टादेखि यसरी राख्यौ ।
मलाई ज्वरो पनि आँउदैछ । अब तिमिहरुले खाना लेराउदा के गर्र्छौ गर्र्छौ के आधारमा म विश्वाश गरौ बरु
म भोकै केही दिनसम्म त बाँच्न सकौला नि । मैले घर्ुर्की लगाए ।
फेरी तिनीहरुले आपसमा के के कूरा गरे त्यसपछि मोटे हिड्यो । अर्को चाँहीले मलाई उ सँगै हिड भन्यो ।
म उसको पछि पछि लागे । केही बेरमा मलाई उसले ट्रान्जिट लाउन्जमा लगेर छोडि दियो । ट्रान्जिट
लाउन्जमा यात्रुहरुको पुरा चहलपहल थियो । रेष्टुरेण्ट, पसल, एक्सचेन्ज काउण्र सबै देखिन्थयो । यस्तो
लाग्थयो कि म निर्जन वाटो हुदै वस्तिको चहलपहलमा प्रवेश गरेको थिए ।  बिहान करिब ११ बजे यहा
आएको मान्छे करीब १४ घण्टापछि ट्रान्जिट लाउन्जको चहलपहलमा पुगेको थिए । यतिखेर मेरो शरीर
लखतरान परेको थियो जस्तो कि दिनभर जोतेर साँझमा घर र्फकदै गरेको गोरु हुन्छ । शरीर शक्तिहीन
भएको थियो । यधपी ट्रान्जिट लाउन्जको चहल पहल रमाईलो थियो । एक्सचेन्ज काउन्टरमा डलर साट्दा
काउन्टरमा काम गर्नेले मेरो हालतको सही अनुमान लगायो कि क्या हो मलाई डलर साटेर अरबी धिराम
दिई सकेपछि उसले रेष्टुरा बताईदियो । मलाई ट्रान्जिट लाउन्जमा छिरिसकेपछिमात्र भोक लागेको याद
आएको थियो । रेष्टुरामा पुगेपछि बेयराले सोध्यो के लेराउ भनेर । मेनु त पढे मैले तर खानेकुराको नाम
भने मेरो समझमा आउन सकेन र म हरुवा खेलाडी जस्तै सहयोगहीन बन्न पुगे । बेयराले सोध्यो कहाबाट
आएका हौ मैले भने नेपालबाट । त्यसपछि कुखुराको मासु र के के लेरायो मलाई याद छैन तर जे जे
लेरायो त्यो सबै खाने काम मैले गरे । खाईसकेपछि मात्र मैले मलाई थकाई र निन्द्राले ग्रस्त बनाएको
महशुस गरे । म सरासर ट्र्ान्जिट लाउन्जको होटेल काउण्टरमा पुगे र रुमको बारेमा सोधनी गर्दा त्यो
काउण्टरमा बसेको कर्मचारीले पहिले मेरो अगिल्लो उडानको समय जानकारी लियो र त्यसपछि मलाई दुइ
चार घण्टा सुत्नको लागी होटलमा खर्च नगर्ने सल्लाह दियो । साच्चै म यतिसम्म भएको थिए कि मलाई
मेरो फिर्ती उडानको समयसम्म अब कति समयको फरक छ भन्ने पनि भुलेको रहेछु । उसले ट्रान्जिट
लाउन्जको सोफाहरुमा सुतिरहेका अरु यात्रुहरु पनि देखाईदियो । साच्चै यात्रामा यस्ता राम्रा मान्छेहरु थुप्रै
भेटिन्छन । तिनीहरुको एउटा सानो सल्लाह पनि कति यात्रुहरुको लागी कति महत्वपर्ूण्ा सावित
हुनसक्छ । मलाई उसको सल्लाह उपयुक्त लाग्यो र म उसलाई धन्यबाद दिएर उसले देखाएतिरै लागे ।
झोलालाई गर्द्धनमा बेरेर त्यसैको सिरानी हालेर सोफामा पल्टेको भुसुक्कै निदाएछु । निन्द्रालाई ओछयान
चाहिदैन भनेको यही रहेछ । ओहो निन्द्रामा पनि सपना के देखिएछ जहाज आएछ र काठमाँडौतिर उड्न पो
तयार भईसकेछ त । झल्याँस ब्युझिएर घडीतिर हर्ेदा बिहानीको ६ बजिसकेको रहेछ । सम्भवत मसँग
धेरै समय बाँकी थिएन । हत्तपत्त उठेर म टव्याईलेटतिर लागे । त्यता मुख धुँदै थिए कसैले मेरो नाम लिएर
पछाडीबाट बोलाए जस्तो लाग्यो । फर्केर हेरेको हिजो जहाजमा  सँगै आएका एक नेपाली साथी रहेछन जो
अरबको अर्को शहरमा जानको लागि कनेक्टिँग उडानका लागी त्यो एयरपोर्टमा रोकिएका थिए । उनलाई
मेरो यात्राको पूरा कथा थाहा थियो । उनले मलाई सोधे कि म हिजो कता हराए र उनले बताए कि उनले
मलाई ट्र्ान्जिट लाउन्जभरी खोजेका थिए रे । तर उनलाई के थाहा कि मैले १४ घण्टा कसरी
अध्यागमनको अगाडीको चिसोमा कष्टकर रुपमा बिताए । उनै नेपाली साथीले मेरो उडान ढिला भएको
जानकारी गराएपछि मलाई अलिकति सजिलो महशुस भएको थियो । त्यसपछिको चार पाँच घण्टा असाध्यै
सजिलोसँग बितेको थियो । एयरपोर्ट एनाउँन्सिग भईरहँनथ्यो र यात्रुहरुलाई बोलाई रहेको सुनिनथ्यो र
सँगसँगै एयरपोर्टका कर्मचारीहरु रिपोर्ट गर्न नआएका यात्रुहरुलाई खोज्दै आएको देखिन्थयो । किनभने यो
एरियामा यात्रुहरु धेरै त मुख नै छोपेर सुतिरहेका पनि हुन्थे । जब नेपालीहरुको नाम पनि बताउथ्यो तब
त्यो नेपाली साथी चिन्तित हुन्थयो र आफै नेपाली यात्रुहरु खोज्न निक्लनथ्यो । तौलियाले मुख ढाकेर
सुतिरहेकाहरुको तौलिया खोल्दे नाम सोधथ्यो । यसरी उसले धेरै नेपालीहरुलाई सहयोग गरेको थियो । यही
मैले एउटा कुरा जाने कि सहयोगी मान्छेहरुले सहयोग गर्ने ठाँउको कुनै सीमितता हुदो रहेनछ । सबभन्दा
ठूलो रहेछ सहयोगी भावना जो अर्काको भलोको लागी जहाँ पनि तयार हुन्छ । यीनै साथीलाई भेटेपछि मेरो
मन खुकुलो भएको थियो । अर्थात अत्यास हराएको थियो ।
र्भर्खरै थाहा भयो कि जहाज त अबको केही समयपछि मात्र फ्राँकर्फट जानेवाला रहेछ । यसको मतलव म
अब थप एक रात दुवईमा बस्नु पर्ने भयो । प्राविधिक गडबडीले गर्दा जहाज यहा नै रोकिएको रहेछ ।
केही समयपछि हिजो एकै जहाजमा आएका र्डाईरेक्टर अघि अघि र उनकी पत्नी अनि घोटानेसाब पछि पछि
हुँदै ट्र्ान्जिट लाउन्ज हुँदै आएका देखिए । केही समय पछि जहाजले फेरी पश्चिम आकाश पकडियो ।
जहाज उडेको केही समयपछि घोटानेसाब फेरी एक पटक ट्र्ान्जिट लाउन्जमा देखा परे । उनले
हिजोदेखिको घटनालाई छोटकरीमा प्रस्तुत गरे । शारांसमा भन्नु पर्दा जहाज बिग्रिएकोले घोटानेसाब व्यस्त
भए, यात्रुहरुलाई होटेलको व्यवस्थादेखि लिएर जहाज मर्मतसम्म हेर्नु पर्यो । त्यसमाथि उनलाई डायरियाले
समातेछ ट्वाईलेट जाँदा जाँदा हैरानै भएछन बुढा । आफनी धर्मपत्नीसहित अफिसियल यात्रामा जाँदै गरेका
र्डाईरेक्टरसाबको हेरबिचारमा पनि त जुट्नै पर्यो किनकि एक माघले त जाडो सकिदैन क्यार । ल एउटा
कुरा यहाँनेर हालौ है त । मेरो पूरानो कम्पनीमा हाकिमसाबहरु र धेरै जसो बोर्ड र्डाईरेक्टरसाबहरु
अफिसियल काममा विदेश भ्रमणमा आफनी पत्नीका साथ निक्लनु सामान्य परम्परा नै मानिन्छ । तर मेरो
नयाँ कम्पनीमा कुनै पनि कर्मचारी अफिसियल काममा विदेश भ्रमणमा निक्लदा परिवारको कुनै पनि
सदस्य लिएर जान पाईदैन । यी दुबै परम्परामा आआफनै मान्यताहरु होलान । तर यो कुरा उल्लेख गर्दा
कसैको भावनामा चोट पुग्न गएको भएमा म क्षमाप्रार्थी छुँ ।
उनी अघि अघि म पछि पछि अध्यागमन गयौ । यस पटक अध्यागमन अधिकारी मलाई २४ घण्टाको
प्रवेशाज्ञा दिनको लागी तयार भयो पासपोर्ट एयरपोर्टमा नै राख्ने र्सतमा । मैले दुवई एयरपोर्ट छोडेर शहर
प्रवेश गरे । जाँदा जाँदै वाटोमा नै ट्याक्सीमा घोटानेसाबले भनेकी साउदी स्थित नेपाल दुतावासका
पदाधिकारीहरु आएर बसेकाले उनको आवासगृहमा ठाँउ छैन रे त्यसैले उनले मलाई होटेलमा बस्नु पर्ने
बताए ।
दुवईको डेरा भन्ने ठाँउमा अवस्थित होटेल रेड सी मा दिनको अरबी धिराम ६० दरमा कोठा लिइयो ।
घोटानेसाब आफनो आवासतिर लागे । म नुवाई धुवाई गरी होटलबाट बाहिर निक्ले घुम्ने बहानामा ।
आबर्ुइ होटेल बाहिर त कस्तो हप हपी आउने गर्मी । बाहिर यति गर्मी भयो कि म बीस पाईला हिड्यो
कि एउटा पसलमा छिरी हाल्थे । पसलमा छिर्थे मतलब सामान किन्न चाही होईन नि खाली गर्मीबाट बच्न
। किनभने पसलहरुमा एसी हुन्थे र भित्रको चिसोले गर्मीबाट बच्न मद्धत गथ्र्यो । यसो भन्दा भन्दै मैले
थुप्रै पसल चाहारे र साथसाथै पीताको लागी एउटा क्यासियो फिफ्टी घडी, केही कपडाहरु, र अन्य केही
सामानहरु पनि किन्न भ्याए । त्यतिखेर यता सुन नेपालको भन्दा अलि सस्तो पथ्र्यो । मेरो सुन किन्ने
योजना सफल हुनेवाला थिएन किनभने मेरो साथमा मलाई सहयोग गर्ने कोही थिएन र मलाई पनि कच्चा
सुन किन्ने काईदा थाहा थिएन । त्यतिखेर गहनाको रुपमा ३ तोलासम्म लग्न पाईने भन्सारको नियम
थियो जुन १८ देखि २२ क्यारेट सम्ममा मिल्न सकथ्यो । तर मलाई जसले सुन किन्ने आईडिया दिएको
थियो उसले भनेको थियो २४ क्यारेटको नै लेराउनु पर्छ ।  मैले सुन किन्ने आँट गर्न सकिन र म
होटेलतिरै फर्के ।
भोलिपल्ट अर्थात भरे राती करीबन एक दुइ बजेतिर एयरपोर्ट जानु पर्ने किनभने चार बजेतिर उडान भएको
जानकारी दिएका थिए घोटानेसाबले । सोचे होटेलतिर जाँउ केही खाँउ र सुतौ ।
होटेलभित्र छिरेर भरयाँगतिर लाग्दै थिए पछाडीबाट रिसेप्सनिष्टले बोलायो र भन्यो यसै होटलमा बसिरहेको
एकजना भारतिय नागरिक मलाई भेट्न चाहन्छ । नभन्दै त्यो मान्छे पनि त्यही रहेछ । हामी बिचमा
सामान्य औपचारिकताका साथ परिचयको आदान प्रदान भयो । ऊ रहेछ भारतको गूजरातको महेश कुमार
दाश साम्पत, उमेर २८ बर्ष जो गएको १४ बर्षम्म ओमानको मस्कटमा काम गरेर भर्खरै फलफूलको
आयातको नयाँ व्यापारको थालनी गरेको मान्छे । छुटृीमा नेपाल जान मन पराउदो रहेछ तर घरमा जान
मन नपराउदो रहेछ । आमा बाबुले १४ बर्षो कलिलो उमेरमा नै पढाइ टुटाएर विदेश पठाएकाले बाबुआमाको
चाहना केवल पैसा नै रहेछ भनेर खर्चचाही पठाउदो रहेछ तर आफुचाही घरतिर बस्न उति रुचाउदो रहेनछ । 
नेपाली मिहेनती, सहयोगी, र सरल स्वभावका हुन सक्छन भन्ने उसको मान्यता रहेछ र सम्भव भएसम्म
नेपालमा नै व्यापार गर्ने, नेपाली केटी बिहे गरेर नेपालमा नै घरजम गर्ने उसको योजना रहेछ । यतिखेर म
उसको कोठामा थिए र उसले आफनो सबै बेलिबिस्तार लगाएको थियो ।
केही घण्टाको भलाकुसारी पछि उसले मलाई सोध्यो कि मेरो अगाडीको योजना के छ । मैले फयाट्टै
भनिदिएकी मलाई २४ क्यारेटको सूनको गहना किन्नु छ । त्यसपछि उसले मलाई बाहिर लिएर गयो ।
मेरो उसंगको भेट मलाई भने त्यति सजिलो महशुस भईरहेको थिएन । एउटा अपरिचित मान्छेसँगको भेटले
मलाई अनेकौ शंका आशंका भित्र जकडि दिएको थियो । मलाई म ठगिने वा लुटिने भए भन्ने चिन्ता
लागिरहेको थियो भने उसका कुराहरुमा झूटको आशंका पनि लागेको थिएन । अर्थात यसो भनौं म दोधारमा
थिए ।
उसले मलाई सीधै सून वजारमा लिएर गयो । उसले सायद पसलमा काम गर्नेहरु चिनेकै रहेछ क्यारे राम्रो
जान पहिचानको हिसाबले नै कुरा गर्यो । सल्लाह अनुसार १ तोला सून बराबरको २४ क्यारेमा औंठी बन्ने
भयो । मैले पैसा तिरे । पसलेले समय दियो २ घण्टापछिको । हामी त्याँहाबाट निकल्यौ । त्यसपछि उसले
मलाई यताउता घूमायो । कतै के खाईयो कतै के खाईयो सबै ठाँउमा उसैले पैसा तिर्यो । आफूलाई भने डेढ
दुइ सय डलर लूटिने भयले सताईरहेको थियो । म मनमनै सोचिरहेको थिए कि यो मान्छेले मलाई कतिखेर
लूट्ने हो, ज्यान बाँचे त   ठीकै छ । तर जब उ मसँग कुरा गरिरहेको हुनथ्यो मलाई उ राम्रो मान्छे नै हो
भने जस्तो पनि लागेको थियो । उँ भित्र पीडाहरु गुम्सिरहेको आभास हुनथ्यो र यस्तो लाग्दथ्यो कि उँ यी
सबै कुरा मलाई नै किन बताई रहेको छ । र फेरी कता कता उसमा आफनोपनको आभास पनि हुनथ्यो ।
दुइ घण्टापछि हामी दुबैजना सून पसलमा गयौ औंठी लेरायौ र सीधै होटेलमा गयौ । होटेलमा उसको
कोठामा बसेर केही बेर कुरा गरेपछि उसले नै मलाई धेरै समय बाँकी नभएकोले सुत्न जाने सल्लाह दियो र
भन्यो आरामसंग सुत्नु उ समय भएपछि आफै उठाउन आउने कुरा गर्यो । मलाई उसको कोठाबाट निक्लन
पाएकोमा पैतालामा बिझेको काँढा निक्ले जत्तिकै भएको थियो ।
कोठामा पुगेपछि निदाउन खोजेको त हो तर सम्भावित भयले गर्दा पटक्कै निन्द्रा लाग्न सकेकै होईन ।
मलाई यो रात भयंकर रात भईरहेको थियो र म चाहँन्थे कि यो रात सपना बनेर भागोस । मनमा अनेक
सोचाई आउँदा आउँदै समय गएको पत्तै भएन तर ढोकामा ढक ढक को आवाज भने आयो । मेरो मुटुको
धडकन पनि बढ्यो । सम्भावित लुटिने डरले म त्राही त्राही भएको थिए । तैपनि ढोका त खोल्नै पर्यो ।
ढोका खोले । ढोकाको अगाडी महेश उभिरहेको थियो ।  उसले एयरपोर्ट जानको लागी हतार भयो भन्यो ।
म डरले कापी रहेको थिए । म हात मुख धोएर तयार हुँदासम्म झोला उसैले तल झारीसकेको थियो । म
डर्राई डर्राई तल झरे । बाहिर पर्ूण्ा रुपले सन्नाटा छाएको थियो । केही गाडीहरुमात्र फाटृफुटृ गुडेका
देखिन्थे । सडकसम्म आईपुग्दा उसले टेक्सी पनि बोलाई सकेको रहेछ । उसले मलाई टेक्सीमा राखिदियो र
ड्रईभरलाई मलाई एयरपोर्टमा सहयोग गर्न पनि भन्यो । त्यसपछि त्यो आधा रातको सन्नाटालाई चिर्दै
टेक्सी अगाडी बढ्यो तर मलाई भने यो अनजान ठाँउमा यो टेक्सी ड्राईभर पनि मिलेको हुन सक्ने र उसले
जहासुकै पनि लग्न सक्ने सम्भावनाले चिथोर्दै गर्दा टेक्सी दुवई एयरपोर्टको डिपार्चर हल अगाडी खडा
भईसकेको थियो ।
दुवई एयरपोर्टको चेकर् इन काउण्टर अगाडी उभिरहदा एउटा कहिल्यै बोलचाल नगरिएको एउटै विभागमा
झण्डै २ बर्षसँगै काम गरेको तर हाल जागिर छोडेर व्यापारमा लागेको आफनै भेगको एउटा व्यापारी बोकि
नसक्दो सामान अगाडी राखेर बसेको देखियो । मलाई देख्ने बित्तिकै उ यसरी मेरो अगाडी आयो कि मानौ
उसले मेलामा हराएको आफनो मान्छे फेला पारेको छ । अगाडी आई पुग्ने बित्तिकै उसले भन्यो “ओहो बाबु
तिमि फलानाका छोरा होईनौ -” उसले मेरो पिताको नाम लिएको थियो, त्यसपछि उसले मेरो परिवारको सबै
मान्छेहरुको नाम पनि उल्लेख गरेको थियो । लाग्थयो कि उँ हाम्रो परिवारको नगिचको परिचित हो ।
कहिले आएको कहा बसेको सबै सोध्यो । र भन्यो उसलाई पहिल्यै खबर गरेको भए होटेलमा बस्नु पर्ने नै
थिएन । अन्तमा उसले मेरो सुबिधाको वजन उठाउने कुरा गर्यो । यसो गर्दा उसलाई उसको ज्यादा वजनको
सामानको पैसा वायुसेवालाई तिर्नु पर्दैन्थ्यो । बल्ल मैले बुझे किन एउटा मान्छे जो २ बर्षम्म एउटै
विभागमा बसेर काम गर्दा कहिल्यै परिचय गर्न रुचाएन तर अहिले यत्रो आफनोपन देखाउदै छ भनेर ।
उसले रवाफ पनि झारेको थियो कि अस्तिमात्रै मेरो जिएमलाई भेटेर आएको थियो । सम्भवत उ मेरो
जिएम चिनेको रहेछ काम लाग्न सक्छ भनेर म उसको पछि लाग्छ भन्ने ठानेको होला । मैले मेरो चेकर्
इन पुरा गरेर सरासर अगाडी बडे त्यो व्यापारीको कुरामा कुनै ध्यान नदिईकन नै ।
जहाज दुवईको आकाशवाट पर्वतिर हाँनिदा अरब संसारमा उज्यालो हुन खोज्दै थियो ।
अवसर, अप्रत्यासित संकट, खूसीहरु, तथा अविस्वासको भूमरीभित्र सम्पन्न भएको यो छोटो यात्रा आजसम्म
पनि ज्यूका त्यू यादगारमा रहेको छ । त्यो भारतीय मित्र केही समयपछि नेपाल आयो पटक पटक आयो 
। उँ ज्याठाको एउँटा होटलमा बसथ्यो । उँ नेपाल आउनु भन्दा केही दिन पहिले नै मलाई खबर गथ्र्यो र
भन्थ्यो के लेराउँ, खुल्ला दिलले फर्मायस गर्न भनथ्यो तर मैले कहिले पनि कुनै फर्मायस गर्न चाहिन । उँ
नेपाल आउँदा हामी धेरै समय संगै बिताउथ्यौ । यता उता घुम्थयौं । त्यसबिचमा हाम्राबिचमा धेरै
पत्राचारहरु पनि भए । यथार्थमा भन्दा हाम्रो मित्रता ज्यादै गाडा भएको थियो । समयले कोल्टे फेर्यो ।
इराकले कुवेतमाथि आक्रमण गर्यो । कुवेतको रक्षाको सवाल आयो । त्यसैको कारणले गर्दा खाडी यूद्ध भयो
। यो यूद्धलाई पत्रकारहरुले ज्यान जोखिममा राखेर सम्भवत पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष रुपमा
उतारेका थिए । जनधनको ठूलो क्षती भयो । यूद्धको समाप्तीपछि शुरु भएको कुवेत पूनर्निमाणको
सिलसिलामा मेरो साथी त्यतिखेर उसले काम गर्दै गरेको दुवईको एउटा पाँचतारे होटल छोडेर कुवेततिर
लाग्यो । कुवेत लागेको केही समयसम्म त उसले पत्र लेख्दै गरेको थियो तर यो क्रम अचानक टुटन गयो ।
मेरो उसलाई पत्ता लगाउने सबै प्रयास विफल भए । उनी यसै संसारमा छन भने सफलताको कामना गर्छु ।
यदि यो संसारमा छैनन भने उनको आत्माको शान्तिको कामना गर्छु ।
घरमा आफनो कोठामा बसिरहेको बेलामा जव मेरा आँखाहरु भित्तामा रहेको तस्विरमा रहेको मेरै चित्रमा पर्छ
तब मेरा आँखाहरु रसाउन थाल्छन ती मित्रको सम्झनामा र मेरो त्यो सानो दुवई यात्राको सम्झना गाढा
भएर आउँछ । त्यो मेरो चित्र तीनै मित्रले तिनका आफनै हातले बनाएर मलाइ उपहार दिएका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।