पटका पट्काउ
गिलास फुटाउ
मध्यरात कुरेर
नया बर्षको बिहानीको घोषणा गर।
म रातहरु सुताइ रहन्छु
निस्तब्द, निरव, शान्त।
उज्यालो छरेर बिहानी हुदा
म अघिल्लो बर्ष बितेको घोषणा गर्छु।
अघिल्लो रात भरी जाग्राम बसेर
तिमी बिहान सुत
म निदाएका रात सङ्गै
लुट्पुटिएर सुत्च्छु
बिहानै सुर्य सङ्ग सङ्गै दौडन्छु।
तिमी नाच म सुत्छु
तिमी सुत म दौडन्छु
तिमी नयालाइ स्वागत गर
म पुरानो लाई बिदागर्छु।
तिमी स्वागत गर्दा अङ्कमाल गर
म बिदाइमा अङ्कमाल गर्छु
तिमी मलाइ अङ्ग्कमाल गर
म तिमिलाइ गर्छु।
अनि त थाह हुन्छ नि
बर्षहरु न जान्छन
न आउछन
वर्षहरु बस्छन हामी सङ्ग सङ्गै।
आउने र जाने त मात्र
हाम्रा गणितिय चेतनाभित्र
अङ्कका चित्र न हुन।
तिमिलाइ त्यै गणितिय चेतनाको शुभकामना!
२०१८ पटक शुभकामना!
--अनन्तलिङ्गेश्वर, भक्तपुर