19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुक्त आकाश मुनि

कविता कृष्ण उपाध्याय January 29, 2018, 8:44 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

मुक्त आकाश मुनि

तिम्रा मुक्तीका कथा हाल्दा हाल्दै

म लोकतन्त्र कुदे

समाजवाद कुदे

वादै वादका विवादमा

तिम्रा मुक्तिका कथा बाची रहे!

तिम्रो मुक्ती एकै दिनमा सम्भव छैन

त्यसैले त म भन्छु

जाबो भुकम्पको पीडा विर्स

वाढिको त्रासदी बिर्स

जाडोमा मरेको तिम्रो बच्चा बिर्स

भोक पनि विर्स

शोक पनि विर्स

एक दिन तिमी मुक्त हुन्छौ।

वस तिमी मुक्त आकाश हेर

तारा हेर

जुन हेर

यी सबै तिम्रा हुन!

तिनी हरु म जस्तै हुन

टिल्पिल टिल्पिल

माथी आकाशमा बसेर

तिम्रो कथा हाल्छन

मुक्तीका गीत गाउछन

मुक्तिका कथा हाल्छन।

तिनी हरु म जस्ता पनि होइनन

आफ्नै वादको डोरिमा कस्सिएर

पराश्रीत छैनन

आफ्नै वाद बाट मुक्ती खोज्दैनन।

आफ्नै वाद बाट उन्मुक्ती खोज्दैनन।

उनी हरु वादको खेती गरर्दैनन

मुक्ती बेच्दैनन ।

किन्ने त म जस्ता सङ्ग हो

तर तिमी किन्न पनि त सक्दैनौ तिम्रो मुक्ति।

त्यसैले त म भन्छु

जाबो भुकम्पको पीडा बिर्स

वाढिको त्रासदी बिर्स

जाडोमा मरेको तिम्रो बच्चा विर्स

तिम्रो मुक्ती सम्भव छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।