19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानो साथी

कविता डा. विष्णु सिम्खडा January 29, 2018, 8:52 am

मेरो सानो साथी ,

समय को नियति नि

रह्यो कस्तो।

तिमी माथि बस्न गयो

माया मेरो यस्तो।।

तिम्रो हाँसो सुन्दाखेरी

मनमेरो हास्छ।

तिमी रोयौ भने फेरि

दिल मेरो दुख्छ।।

तिमीलाई खुशी भाको

देख्न पाय पुग्छ ।

तिमी हासी हासी संधै

खेली रहे हुन्छ।।

मेरो सानो साथी-

तिमी हाँसी रहँदाखेरी

यो मन मेरो हाँस्छ।

तिमी रोयौ भने फेरी

दिल मेरो दुख्छ ।।

जब तिमी आउँछ्यौ अनि

ढोका ढक्ढकाउंछ्यौ।

नखुलेमा ढोका फेरी

तिमी रुन थाल्छ्यौ।।

जब रोदन सुन्छु तिम्रो

यो मन मेरो रुन्छ।

तिम्रोलागि मेरो ढोका

फेरी फेरी खुल्छ।।

न त थियौ तिमी मेरो

न त म नै तिम्रो ।

समयको नियति नि

रह्यो कस्तो कस्तो ।।

मेरो सानो साथी संग

बस्यो माया यस्तो ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।