सबैको आ-आफ्नै कथा हुन्छ
कथा भित्र केही व्यथा हुन्छ
बिर्सेजति सबै बिर्सिहालिन्छ
बाँकी सम्झेको चाहिँ जेथा हुन्छ
नयाँ समय नयाँ ठाउँले छुदै जान्छ
नाता साथी पर पर हुदै जान्छ
जति गरेको आफ्नो लागि मात्र हुन्छ
भेटेका ती सबै कथाको पात्र हुन्छ
सबैको आ-आफ्नै कथा हुन्छ
रमाइलो छुटेको त्यै मेलालाई
खुसी पीडा जे भो त्यै बेलालाई
आफ्नो कुरा अब आफ्नो मात्र हुन्छ
हाँसेका रोएका कथाको पात्र हुन्छ
सबैको आ-आफ्नै कथा हुन्छ ।।