18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन

कविता निलकमल छेत्री February 12, 2018, 9:39 pm
निलकमल छेत्री
निलकमल छेत्री

यदि सुख नै सुखको संसार भै दिएको भए

त्यो दु:खको इस्मर्ण कसले पो गर्न सक्थ्यो र

यदि फूलहरुमा सबै फुलै फुल भै दिएको भए

त्यो काडाँ बिजेको महसुश कसले गर्न सक्थ्यो र ||

यदि खुशी नै खुशी भै दिएको भए

त्यो आँशुको मोल कसले बुझ्न सक्थ्यो र

यदि माया नै माया भै दिएको भए

त्यो बिछोडको पीडालाई कसले बुझ्ने थियो होला ||

यदि यो जीवन अजमरी भैदिएको भए

त्यो मिर्तुलाई अंगाल्न कसले पो चहानथ्यो र

यदि आशा नै आशाले भरिएको भए

त्यो निरासाको एहेसास कसले पो गर्ने थियो होला ||

यदि चारै तिर हरियाली नै हरियाली भै दिएको भए

त्यो मरौभूमिलाई कसले चिन्न सक्थ्यो र

यदि सुर्यको ताप मात्र भै दिएको भए

त्यो सित्त्ल हावामा को रमाउने थियो होला

यदि प्रतेक रात चन्द्रमाको त्यो प्रकाशले उज्यालो भै दिएको भए

त्यो मध्य कालो औसीको रातलाई कसले चिन्न सक्थ्यो र !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।