18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म अन्धो मान्छे

कविता निलकमल छेत्री February 26, 2018, 5:21 pm
निलकमल छेत्री
निलकमल छेत्री

यो संसार त रंगिन छ भन्छन मानिसहरु

हेर्न त मलाई पनि रहर छ नि

तर कसरी म त परे अन्धो मान्छे ||

रंगी –बिरंगी फूलहरु फुलेका छन रे

त्यो पारी पटिका बगैचामा,

ति फूलहरु हाथमा लिएर रमाउन मलाई पनि त रहर छ नि

तर मलाई के थाहा हुन्थ्यो ति फुलका रंगहरु कस्ता छन भनेर

आखिर म त परे अन्धो मान्छे ||

घाम नलागेको दिनमा पनि

कालो चस्मा लगाई फेसन देखायो भन्छन मलाई

के फरक हुन्छ र यहाँ दिन हो या रात उस्ता- उस्तै लाग्छ

रहरले होइन कहरले लगाएको हुँ कालो चस्मा

तर यसको अर्थ यहाँ कसले बुझ्छ र ||

घरमा बुडी बोजू कराउछिन

ढक्क - मक्क पुर्णिमाको जुन लागेको छ बाहिर आऊ भन्दै

कसलाई थाहा छ र ,

त्यो जुनको प्रकासले मेरा सारा शरीरनै उज्यालो बनाइ दिएतापनि

म भित्री भएको संसार त अँध्यारो नै हुनेछ

आखिर म त परे अन्धो मान्छे ||

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।