19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी February 26, 2018, 5:28 pm
विमल गिरी
विमल गिरी

मानो रोपेर मुरी फलाउने उन्युघारी वरपर

चेरी फुल्दा परदेशमा सम्झन्छु म गाउँ घर

वगिरहन्थ्यो अरुण तल आफ्नै भाका हाली

उडिरहन्थे कालिजहरु हाँगाबिंगा डालिडाली

समाउदै घाँसको भारी हिड्थ्यौ गाउँ परपर

चेरी फुल्दा परदेशमा सम्झन्छु म गाउँ घर

खोंच भन्ज्यांग अग्ला पहाड टारीखेत सम्म

इन्द्रेणी झै लाग्ने रंगीन फूल फुल्थे लटरम्म

गुराँस फुल्ने भिरपाखामा हावा चल्थ्यो सरर

चेरी फुल्दा परदेशमा सम्झन्छु म गाउँ घर

चारपाने, झापा ।

हाल: बेल्जियम,ब्रसेल्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।