बैँस त्यसै ओइलियो रहरमा हजुरको
सम्झना हुन्छ हरेक प्रहरमा हजुरको
एक्लै दु:ख अलापी मन भुलाउँदै छु
के छ खबर कोन्त सहरमा हजुरको
सग्लो जीवन बाँच्न धेरै गाह्रो भो यहाँ
बैंसको मधुमास छैन रहरमा हजुरको
जिन्दगी यो दुई दिनको सँगै बिताउँदै
फैलिन पाउँ सागरझै लहरमा हजुरको ।
बिर्तामोड १, चारपाने,झापा
हाल: ब्रसेल्स ।