फुलेका केहि कपालको सौन्दर्यतामा
नवनिर्मित थोरै रित्तो धरातल बोकेर
औसत टाउकाहरू झैँ
एक गुजुल्टो कपाल बोकेर
शेर बनेर,शीर बनेर
ठडिएको छ म माथी, म बनेर
स्वच्छताको स्वास भर्न आफ्नै अवयव बोकि
अवचेतन पाठ पढ्न लुप्त औजार तेर्स्याएर
कृतिमताले सजाउन बाँकि खडबड पखेरीहरू
सँगै
बेमौसमी बादल पठाएर बस्तिहरूमा
सङ्कीणताको जालो बुझ्न मन सम्मको लहरामा लहरिइ
ठडिएको छ म माथी, म बनेर
आफै भित्रका
भिन्चिका प्राप्तिहरू अमूर्तताको डस्बिनमा थुपारेर
मार्क्सका विचारमा पूर्वाग्रहको ग्रहण लगाएर
हिटलरको हिँस्रकता र गान्धिको महानताको गहिराइमा डुव्न नसकि
ओशोलाई आरोप र बुद्धको बेवास्थामा
सुकिलाई सम्मान र मलालालाई माया गर्न नसकी
हुसेन र लादेनको उत्पादनमा बुस र ओबामाहरूलाई ओभानो बनाउँदै
स्वस्फूर्तताका आत्मदाहहरूमा अपवित्रता भर्दै
आत्मसंकोचको चस्मा पहिर्याएर
ठडिएको छ म माथी, म बनेर
आफैँले बोकेका आँखामात्र ,सर्बैसर्वा ठानेर
अन्तमनको आँखामा फुलो पारिदिएको छ ।
आफ्नै खवटाहरूको कुरा सुनेर
भावनाहरूको मुल सुकाइदिएको छ ।
अनि
घातैघातमा लत्पतिएको बिस्वाश देखाइदिएको छ ।
टुटेका सपनाहरूको त्यान्द्रामा जीवन अलझाइदिएको छ ।
कुरूपताको नग्न नाँच चलिरहेको मन्चलाई संसार भनिदिएको छ ।
चिन्तनका लहरहरू मनको फाँट पुगी सुन्दर सपना जन्माएर
शौन्दर्यता,शौम्यता र शुकोमलताको
बस्ति बसाउन आतुर छन् ।
स्वच्छन्द कल्पनाको सयरमा रम्दै
जीवन बिशिष्ठता उब्जाउन अज्ञात दवावहरू
कृतिमताको चस्मा तोडि आर्ग्निक भाव भर्दैछन् ।
तर फेरि उ
सीमित छ
आफ्नै नमिलेको गुजुल्टासँग रिसाउन,
हृदयसम्म पुगेको चेतनाको तार छिन्न,
आफ्नै अवयवको गुनासो गाउन
अलि उचालिएर
अरूको जिन्दगीको चाँया पहिल्याउन ।
बाँकी नै छ,
आफ्नो पुरानो भर्सनको सफ्टवेयरलाई अपडेट गर्न,
भाइरसहरूको सफाया गर्न
अनि
मस्तिस्क र मनको संसर्गबाट जीवन जन्माउन ।