19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल महेन्द्र केसी March 29, 2018, 6:10 pm

गाउँ गाउँमा सिंहदरबार आयो

यस्तै एउटा अखबार आयो ।।

नागरिक खुसि भए, रमाए

जनताको घरदैलोमै सरकार आयो ।।

हात्तिको दाँत देखियो हजुर दुइटा

सरकार होइन गाउँमा कालोबजार आयो ।।

चुनिए भनेको त जनप्रतिनिधि यहाँ

ठगहरुको पो गाउँमा सरकार आयो ।।

मर्न लागेका रोगी नाइके भए, हैकम जमाए

विचार गाउँले ठगिए यस्तै समाचार आयो ।।

पर्वत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।