19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अनुपम नवोदित March 29, 2018, 6:14 pm

बालुवा पेलेर तेल आउँछ कि सरकार

वाक्पटुताले त रेल आउँछ कि सरकार

भेदभाव छुवाछूत सबै ज्यूं का त्यूं छन्

यो नफाली अब मेल आउँछ कि सरकार

दूवो जस्तै भ्रस्टाचार मौलाको छ देशमा

यस्तालाई राख्ने जेल आउँछ कि सरकार

शकुनीको पासा जस्तै जालझेल छन् यहाँ

त्यस्तालाई जीत्ने खेल आउँछ कि सरकार

गणतन्त्र संघीयता आएको छ देशमा

समृद्धि र विकासको भेल आउँछ कि सरका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।