14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

शोभा

कथा यज्ञराज अधिकारी April 16, 2018, 2:47 am

“ओइ, विजय के भयो?”

“हँम । केहि होइन ।”

“किन टोलाको ।”

“हेर्न, मनमा के–के खेल्छ । अलमलिन्छु । काम गर्न गाह्रो हुदै छ ।”

“विजय, नरिसा है ।”

“किन?”

“तँ धेरै सोझो छस । उल्कै सोझो । बदल यार ।”

“ थाहा छ । के गरु ? कोसिस गरे । हुदैन । दिक्क लाग्छ ।”

“ तेरो काम पनि राम्रो हुन छाडयो । आफुलाई सुधार । नत्र कसरी चल्छ । खुवि देखा ।”

“ कोसीस गरिरहेको छु । उत्साह भरेर अफिस आउछु । यहाँ सबै फुस्कन्छ । मेरो के लाग्छ । यन्त्र होइन । खोलेर चाहे जस्तो बनाउन । अफुलाई बुझने प्रयासमा छु । तँ आफै भन्न,अब म के गर्नु ।”

“ठिक छ । मैले के गर्नु पर्छ । भन है ।”

“ ल,यार”

“ विजय,एक पटक परामर्शमा जान । केहि भैहाल्छ की !”

०००

विजय फेसबुकमा सर्च गर्दागर्दै टोलायो । यस्तै स्वभाव छ । सधै केहि न केहिमा अल्झिन्छ । आजकाल शोभाको यादमा हराउन थालेको छ । विजयले फेसबुकको साहित्य पेजमा शोभालाई पहिलो पटक दखेको थियो । त्यहि देखि उसलाई भेटने चाहना बढेको हो ।

शोभाको वालमा तस्विर हेथ्र्याे । कविता पढ्थ्यो । साहित्यमा आफ्नो रुचि बढाको छ । शोभाको वालमा केहि लेखेको थियो । पढ्यो ।

हिजो र भोली सबै भुलि दिउ

हामी एकअर्कामा खुलि दिउ ।

तिमी बाहेक अरु सबै फगत

तिम्रो सासमा मेरो घोली दिउ ।

संसारै शोभा ठानथ्यो । शोभा पाउन जुनसुकै हदमा पुग्न तयार थियो । विजयलाई आज जोग मिलेको छ । फेसबुकमै कविता गोष्ठिको जानकारी थियो । अफिसबाट सिधै त्यही गयो । दुई घण्टा प्रतिक्षा गर्याे । बल्ल सिकीयो, लामो सास तान्यो ।मुठ्ठी कस्यो । कुनै हालतमा शोभा संग बोल्छु । शोभा बाहिर निस्कि ।

नमस्कार !

“नमस्कार ! चिन्न सकिन ।”

“ म तपाईको फ्यान हु । भेटने ठूलो इच्छ थियो ।बल्ल आज जुर्याे ।”

“धन्यबाद ! मेरा सृजना पढनु हुदोरहिछ । बसेरै कुरा गर्न हुन्थ्यो । हेर्नुन, रात परिसक्यो । गाडी पाउन मुस्किल पर्छ ।”

“मलाई त कस्तो डर लागी रहेको थियो ।”

“किन र ? विजय जी ।”

“तपाई रिसाउनु हुने होकी भने र । अफ्ठेरो हुदैन भने गाडी चडने ठाउ सम्म आउ ।”

“हैन गैहाल्छु । तपाइलाई दुख्ख । हस,फेरी भेटौला ।”

“पहिलो भेट हो । तैपनि एउटा कुरा भन्छु । फेरी देख्दा बोलाउनुस है ।”

“विजय जी, तपाई त्यस्तो लाग्दैन । ”

“नराम्रो बानि छ । तर्केर हिडने ।”

“त्यस्तो ! म तपाईको हात समार तान्छु । हुन्छ !”

“म धेरै आभारी हुन्छु । तपाईको लेखन सुखमय रहोस ।”

“धन्यवाद,बाई विजय जी ।”

०००

विजयलाई अफिस फिक्का लाग्छ । विहान पहिलो काम फेसबुक खोल्ने भएकोछ । शोभालाई हेर्न । अफिसमा आखा छलेर फेसबुक खोल्थ्यो ।

उसलाई भेटनु अघि मन यस्तो थिएन । अहिले उसको लक्ष्य शोभा बनि ।

पहिला कुनै केटीको यादमा यति डुबेको थिएन ।

मन नपराको त हैन तर विजयको समस्या केटीसँग बोल्ननसक्नु हो । यसले विजयलार्य धेरै सताउथ्यो । कसैले नबुझ्ने ठान्थ्यो । स्वयमलाई धर्तिको बोझ मान्थ्यो । विजयलाई जिवन आतेस लाग्थ्यो ।

शोभालाई फेरी भेटेर मनका कुरा भन्नु छ । उसका बारे धेरै जान्नुछ । यसले भेटने छटपटीबढेको छ ।विजयलाई आजकल स्टाटस खुब फुर्न थालेको छ । दिनकै पाच सात वटा अपडेट गर्छ ।

मोहन आफिसमा अर्तिबाबाको नामले प्रख्यात छ ।अर्ति दिन मामलामा दुई कदम अगाडी हुन्छ । विजयको च्याम्बरमा आइपुग्यो ।

“विजय के छ ?”

“ठिकै छ । मोहन,कस्तो चलीरहेको छ, ।”

“ विन्दास ! बुढाबुढी नै कमाउछौ । आनन्द छ । तेरो सुना ।”

“मेरो के हुनु ।उस्तै त हो ।”

“उदास देखीन्छस । के हो । विहे पनि गर्दैनस । विहे गर । सब ठिक हुन्छ ।”

“अब गर्छु ।”

“विजय, विवाह अघि एक पटक मानोपरामर्श लिइहै ।”

“ल ल यार । पछि गफ गर्नु पर्छ । अहिले बोसले टाउको खान्छ ।”

मोहनको कुराले मन खायो ।

०००

विजयले व्यागबाट रक्सि निकाल्यो । एक घुटको खायो । अनुहार कच्याक–कुचुक प¥यो । अन्न नली देखिे ठुलो आन्द्रा सम्मै पोल्यो । फेसबुककमा शोभाको प्रोफाइल हे¥यो । फोटो अपलोड गरिछे । कमेन्ट गर्न साथि भएको थिएन । ठुला आखा । टपक्क नाक । चपक्क पछाडी बादेको कपाल । खुल्ला गला भएको हरियो कुर्ता लगाएकी । गोरो पराकिलो गलामा टपक्क बसेको गोलो घाटी । निट घुट्को काम लागेन । घुटकी थप्योे । फोटो डाउनलोड ग¥यो । जुम गर्दै फोटोको कुना काप्चा सबै हे¥यो । अर्को घुट्को लगायो । फोटो जुम ग¥यो । आनन्द आयो ।

आखा खुल्दा नौ बजेको थियो । मोबाइलमा शोभा उसैलाई हेरी रहेकी थिइ । काउकुति लाग्यो । रगत नसामा अटेस मटेस भयो । ज्यान तात्यो । मन हलुङगो भयो । दुबै कुइनाले टेकेर टाउको उठायो । शोभालाई हे¥यो । शोभाले अरुलाई हेर्न नसक्ने ठान्यो । अरुलाई हेरे ? हुनै सक्दैन । मुठ्ठी कस्यो । अनि, तुरुन्तै म्यासेज लेख्योे । “प्रिय साहित्यकार भुली दिनु भयो है ।” त्यस पछि लेख्नै सकेन । निकै बेर सोच्यो । घडी हे¥यो । ढिलो भइसकेको थियो । पठाइ दियो । हतार हतार अफिस कुद्यो । मुल सडकमा निस्कियो ।

शोभा ! स्कुटीमा थिई । अफिस विर्सियो । स्कुटी पछि बाइक लाग्यो । शोभा एउटा स्कुलमा पसि ।

धत्त ! यो स्कुलमा पढाउ छे ।

छ्या ! म उहिले भेटि हाल्थे । मनमै भुटभुटियो । डेढ घण्टा ढिलो अफिस पुग्यो । गाली खायो । दिमाग शोभाले ओगटेकि थिइ । महसुस भएन ।

०००

“कहाँ भुल्नु, भेटन मन थियो तर खै ! के मिलेन ।” रिप्लाई आयो । विश्वास लागेन । पटक पटक पढयो । के लेख्नु ? धेरै पटक मेटदै लेख्यो । “त्यस्तो मन हुने सुनसान बस्छन” पठायो । फेसबुक फ्रेण्ड नभए पनि म्यसेज सुरु भयो ।

“गाउ गएको थिए । त्यसैले हो,विजय जी ।”

“तपाईसँग साथि बन्न पाइन्न हो ।”

“त्यस्तो होइन । रिक्वेष्ट पठाउनेले दिक्क लाए अनि हाइड गरेको । म रिक्वेष्ट पठाउ छु । बाकि कुरा भेटमा है ।”

“हुन्छ” विजयले पठायो ।

ब्रुक्क उफ्रियो । शोभाले मनपाराएको ठान्यो । भेटको कल्पनामा गुलाफीयो । के लगाउने । बोल्ने । उपहारदिने । कहाँ भेटने । मनातुर भायो ।

“हामी भोली भेटन सक्छौ ।” सुत्नु आघि विजयले म्यासेज पठायो ।

मोबाइलको घण्टिले आखा खुल्यो । रिक्वेस्ट आकोथ्यो ।

“गुड मर्निङ । भेटन सक्छौ” शोभाको रिप्लाइ थियो ।

“कहिले” विजयले म्यासेज पठायो ।

अफिसकोलागी तयार भयो । कामा जानु अघि पटक–पटक मोबाइल हे¥यो । रिप्लाईन । क्या झ्यास रहिछे मन मनै सोच्यो । झ्लिक भयो । बाटामा भेटिन्छे । हतार हतार निस्कीयो । कुर्यो । आइन । स्कुल अगाडीबाटै गयो । देख्खिन । भारि मनसहित अफिस पुग्यो । टाउको डेढमने बोराले थिचे जस्तो भयो । शोभा सँग रिस उठ्यो । रिप्लाइ आएन । फेरि पठाउ । नराम्रो ठान्ली । प्रतिक्षा गर्याे ।

एक बजे रिप्लाइ आयो । “मेरो स्कुल अगाडी आउनु ।”

मन ढक्क भयो । म्यासेज पठायो “स्कुल देखेको छैन ।”

तुरुन्तै रिप्पलाई “छ कि छैन । हिजो स्कुटीे पछ्याउने को हो ।”

विजयका ओठ कान तिर तन्के ।

“समय ठ्क्कै साढे चार बजे” पठाइ ।

विजयको दिमाग खेल्यो । साहित्यकार कति फ्यान होलन । त्यमाथि रुप । भेटन चाहने कतिछन । शोभा मलाई चाहन्छे । शोभा मेरो हृदय हो । विजयले मन मनै ठान्यो ।

कल्पनामा पस्यो । घरि सुसाउथ्यो । घरीे उजाड हुन्थ्यो । घरी हप्प हुन्थ्यो । छिन–छिनमा भाव फेरीन्थ्यो । विजयको अनुहारले भन्थ्यो ।

तिन बज्यो । अफिसबाट सुटुक्क निस्क्यो । कोठा गयो । कपडा फे¥यो । ंचार बजे स्कुल अगाडी उभियो । अरुबेला सुइत्त जाने आधा घण्टा लामो लाग्यो । कसरी भेटने । के भन्ने । डर,लाज,धक र संकोच गुजुल्टीएर आए । होस, नभेटौ । अर्को मनले छेक्यो । भेट नभेटको द्वन्द्वमा फस्यो । त्यतिकैमा शोभा स्कुटीमा फुत्त निस्की ।“जाउ” भनेर हिडी । प्याट्ट आफ्नै घिच्चुकमा हान्यो । अनि स्कुटीको पछि बाइक छाड्यो । शोभा क्याफे अगाडी रोकी । दुइटा कफि मगाइ ।

“ विजय जी, अरु केहि लिउ ।”

“ होस ।”

विजय जवाफ मात्र दिने ज्ञानि बाल बन्यो । मनमा ल्याएका प्रश्न कहाँ खसे पत्तैपाएन ।

“विजय जी, चल्दैछ पैइया ।”

“चल्दै छ ।”

“किन । विरामी हुनुहुन्छ ? कि धकमान्नु भा’हो ।”

“खै!” भन्दै विजयले ओठ लेप्प्रायो ।

“ पहिला मजाले गफ भा‘यो । तपाईलाई अज के भयो ? सहज हुनुन केहि हुन्न के ।”

शोभाको कुराले विजयको कान्ति फेर्यो । हतारिएर बोल्यो ।

“ हुन्छ । नयाँ सृजन सुनाउनु न ।”

फिस्स हाँसी शोभा । र,लजाइ । सबै टेवलमा मानिस थिए । सुनाउने कुरै भएन । फुसफुसाई “यहाँ होइन । धेरै मानिस छन । गाह्रो हुन्छ ।”

विजय अताल्यो । के भने मैले हडबडमा ।

“ओ ! सरी । विचारै नगरी भने छु ।”

विजयका लाजले खुम्चेका पत्र खुल्दै गए । दुई÷दुई कप कफि सके । झमक्क भयोे । छुट्टिदा विजयले भन्यो ‘भोली हामी भेट छौ ।’

“उम्म ! हुन्छ ।”

“ भोली कविता सुनाउनु पर्छ ।”

“हुन्छ । तर यहाँ होइन ।अन्तै ।”

“ मेरो कोठामा के हुन्छ ।”

“काहाँ..।”

“मेरो कोठा ।”

“हा हा हा..। राम्ररी भेट भा‘छैन । कोठामा निम्तो दिने ।”

“त्यस्तो गलत नसोचनु न । महफिलको लागी राम्रो छ ।”

अलि उडाउने हसो साथ शोभा “हेरुम” भन्दै हिडी ।

०००

निद्रा पाचै बजे खुल्यो ।विजयले सरसफाइ नौ बजे सक्यो ।

म्यासेज पठायो “कति बजे कहाँ भेटने ।” अफिस गयो ।

“सेम टाइम एण्ड प्लेस” रिप्लाई आयो । कोठा चाडै जानु पर्ने भयो । विरामीको नाटक ग¥यो । फत्रक फत्रक भयोे । छुट्टी पायोे । कोठा गयो । फ्रेस भएर स्कुल आगडी चार बजे पुग्यो ।

शोभा दश मिनेट अघि निस्की ।

“विजय जी, जाऊ ।”

“स्कुटी खोइ ?”

“तपाईको बाइकमा चढन हुन्न ।”

“काहाँ । त्यस्तो भनेको त मैले ।”

“त्यसो भए हिडनु न त ।”

म त सधै, मेरो बाइकमा कुदाउन चाहन्छु । विजयले मनमै सोच्यो ।

शोभाले काधमा हात राखी । विजय कपास भयो । मनमा पटट मुरली मकै फुटे ।

“मेरो कोठामा जाने हैन ।”

“विजय, कति हतार कोठा जान । पहिला, मैले भनेको ठाउमा हिडनु ।”

“होइन । म त प्रष्ट हुन खोजेको ।”

“ प्रष्ट मैले देखाएको बाटोमा हिडनुस ।”

“हुन्छ ।”

“यता यता विजय जी । अब,सिधै हिडनुस । हो, ल यो घरमा रोक्नुस । विजय जी भित्र आउनस ।”

“कहाँ ल्याउनु भयो तपाईले ।”

“हाम्रो परिचय भएको कति भयो ? एक पटक मेरो नामले बोलाउनु भएको छैन ।”

“तपाई जस्तो सहित्यीक मान्छेको नाम बोलाउन मुखै लाग्दैन ।”

“कहा हुन्छ । अब देखि नाम बोलउनुस । मेरो नाम त थाहा छ ?”

“शोभा”

शब्द विजयको हृदयमा गुञ्जिरयो ।

“हो यसरी बोलाउनु । मेरो यति राम्रोे नाम छ । तपाइ पनि, विजय ।”

“ हुन्छ । शोभा ।”

“बस्नुस । कफि बनाउ छु ।”

“शोभा, योे तपाइको घर हो । तपाइले छल गर्नु भयो ।”

“ विजय, हसाउनु हुन्छ । घर होइन मेरा दुइ कोठा मात्र हुन ।”

०००

ट्रेमा कफि,विस्कुट र डायरी बोकेर शोभा आइ । टेबलमा राखि । डयरी खोलेर सुनाउन थाली ।

तिमीले तान्यौ

सूरु सूरु आए

मुस्कानले डाक्यौ

खुर्रर धाए

“कसरी फुर्छ । मलाई पनी आए । तपाइलाई सुनाउन कत्ति मजा आउथ्यो । अब अर्को” विजय बोल्यो ।

आखाँ

आखाँ हेर्न बस हेर्न

नयन,नेत्र,चक्षु जे भनेनि हेर्न

हरेक सँग एक जोडी

टुलुटुलु आखाँ

खै किन भन्छन

कातिल ,नसालु

हेर्न जानिन कसरी भन्नु

धेरैका आखाँमा हेर्छु

चिप्रा देखे,सँगै आसु

कोही भन्छन् बोल्छ

बकवास,वाइयात ठान्छु

तर

एक दिन यस्तो भयो

अचम्म !

त्यस दिन

तिमी सँग आखाँ जुधे

अफुलाई गलत बुझे

विजयलाई भाव मनपर्यो ।

“क्या गजब लेख्नु हुन्छ । तपाई मुहानै हो । फेसबुक,अनलाइनमा त्यतिकै छन । गज्जब !” विजयको कुराले शोभाको अनुहार उज्यालीयो । मुस्काइ । विजयको आत्मा छोयो । विजय लठ्ठीयो । शोभालाई टोलाइ रहयो । महफिल सफल भयो । बाटो खुल्यो । कहिले शोभा कहिले विजयकोमा हुन्थ्यो । छुट्टिको दिन पुरै महफिल । शोभालाई स्रोता विजयलाई वहाना मिल्यो । चलीरहयो । शोभाले कुन्नी के ठानी ? विजयले प्रेम ठान्यो ।

०००

शोभाले त्यही क्याफेमा बोलाइ । तर ढिलो । विजय अवसरको खोजिमा थियो । सम्बन्ध पूर्ण बनाउन । त्यसैले बोलाकी हो की । उसैले भनिदिए टन्टै साफ । यस्तै कल्पदै क्याफे पुग्यो । सधै देखेको क्यफे आज विषेश लाग्यो । प्रिय लाग्यो । जिवनको सुखद सुरुवात भएको ठाउ । बाइक पार्किङ ग¥यो । कोटको खल्तीबाट गुलाफ निकाल्न खोज्यो । के सोच्यो, निकालेन । सायद लाजले । पहिलो पटक बसेको टेवल हे¥यो । शोभा खिलखिलाई रहेकी थिइ । शोभा सँग कोहि थियो । आफन्त होला । टेवल नजिक पुग्यो । गफ मै मस्त थिए । विजय उभिरयो । उसतर्फ ध्यानै दिएनन । आफै बोलाउन विजयलाई कर लाग्यो ।

“हाई !”

“ओ ! विजय । बसन । कतिबेला आएको ।”

“भर्खर ।”

विजयले संकोचत मान्यो । शोभाले दुबैलाई परिचय गराइ ।

“विजय उहाँ कौशल ”

“हाई ।”

कौशलले पनि हेल्लो ग¥यो ।

शोभाले कौशललाई भनि “मैले कुरा गरेको थिए नी । उहि हो ।”

“ए, ए । विजय जी, तपाईको बारेमा शोभा धेरै कुरा गर्छीन ।”

विजय लाजले खुम्चियो । गाला,कानका लोति ताता भए । निहुरेरै भन्यो

“हजुर–हजुर !”

आफन्त हुुनु पर्छ विजयले लखकाट्यो ।

शोभा बोली “विजय, तिमी मेरो सबै भन्दा नजिकको.. ।”

यति सुन्दै विजय उज्यालो भयो । शोभाले कुराको चुरो खुलाउन सकिन । भनि “तिमीले मलाई सहयोग गर्नु पर्छ ।”

“तिम्रो लागी यो ज्यान हर्दम हाजीर छ ।”विजय अलि खुल्यो “ठूलै कार्याक्रम गर्न लाग्यौ कि क्या हो ?”

“ठूलै कुरा हो विजय । जिवनकै महत्व पुर्ण काम हो ।”

विजय झनै लाल भयो ।

“विजय, कौशल र म चार बर्ष देखि रिलेसनमा छौ । अमेरीका बाट एक महिनाको छुट्टमा आउनु भएको हो । एक अप्ता पछि हामी विवाह गर्दैछौ । सहयोग गर्नु पर्छ ।” शोभाले सास फाल्दा फाल्दै भनि ।

विजय बत्तिएर कुदेको बसबाट फ्यात्त्त झर्याे । विजयको रुद्र घण्टी मात्र हल्यो आवाज निस्केन । टाउको हल्लायो । केही थाहा पाएन । शोभाले छनक पाइ तर बोलिन । सोचि सम्झाइ हाल्छु । सिधा छ । विचारा ।

शोभा र कौशल गए । विजय भित्र हुरी मडारीयो । सबै तिर बत्ति बले पनि अध्यारो देख्यो । उठन खेज्यो थेचारीयो । दुइपटक ।

शोभा कोठा पुगेर फोन गरी । विजय क्याफेमै थियो । उठाएर सुनि रहयो । शोभा बोलि रहि । दिमाग व्ल्याक आउट भयो ।

“सर बन्द गर्ने समय भयो” वेटरको आवाजले झस्कीयो ।

क्याफे बाट निस्कीयो । खल्तीको गुलाफ फाल्यो । एक बोतल रक्सि बोकेर कोठा गयो । घरनै थर्कने गरी चिच्याउन मन थियो । सकेन । सिरानिमा मुख गाडेर रोयो । भित्तामा टाउको ठोक्काइ–ठोक्काइ रोयो । खुब रोयो । आफैलाई सरापेर रोयो । शोभलाई सरापेर रोयो । आफ्नो भाग्य सम्झेर रोयो । डाङडाङ–डुङडुङले घरबेटीले ढोका ढकढकाए । समालीएर घर बेटीलाई पठायो । हृदयको पहिरो देखाउन सक्दैन थियो । हुरी सुनउन सकेन । गिदिको गड्याङगुडुङ कसले बुझने । बाथरुम पस्यो । धारो खोल्योे । त्यस मुनि बस्यो । छेउमा चक्कु राख्यो । बोतल खोल्यो ।

०००

आखा खुल्दा बाथरुमै थियो । रित्तो बोतल लडीरहेको थियो । पानीले छाला ढाडिएकोे थियो । टाउको चटचट गर्याे । लुगा फुकाल्यो । चक्कु हेर्यो । टावेलले ज्यान पुच्छयो । बेरेर सुत्यो । टाउकोे भन्दा बढी मन दुखिरहेको थियो । अफिसबाट फोन आयो । अफ गरिदियो । निद्रा आएन । चोकबाट एक बोतल ल्यायो । सकुन्जेल घटघट खायो । केहि बेरको छटपटि पछि निदायो ।

साझमा आखाँ खुल्यो । घाटी च्याप–च्याप सुकेको थियो । पानी पियो । बाकि रक्सि बोकेर बोताल टेबलमा उभि रहेको थियो । फोन खोल्यो । खुलि नसक्दै शोभाको फोन आयो ।

“हल्लो ।” घाटी चिरीएर बोल्न गाह्रो भयो ।

“विजय सन्चो छैन ? के भयो । फोन अफथ्यो । किन त्यस्तो गरेको । म त कस्तो आत्तीएको थिए ।”

सकिनसकि बोल्यो “ठीकै छु । अफिसको कामले बाहिर छु । नेटवर्क राम्रो छैन । फर्के पछि भेटछु है ।”

फोन राख्यो । फेरी मन चस्कीयो । टाउको टन्कियो । जुरुक्क उठन सकेन । विस्तारै टेवलको बोतल उठायो । बलगरेर खायो । बोतल नरित्तिउनजेल खाइ रहेयो । सिरानीमा मुख गाडेर सुत्यो । कति बेला निदायो पतैपाएन ।

निद्राले चाडै छाड्यो । उठन सकेन । टाउको टन्कि रहेको थियो । दुखाइका दुई क्याप्सुल एकैपटक खायो । दुई दिन देखि मुखमा अन्न परेको छैन । ओछ्यानमै पल्टियो । दुखाइ अलि कम भयो । नुहायो । घाटी चर्चराए पनि केहि खायो । अफिस गयो । कोहि सँग बोलेन । हाकीमलाई सन्चो नभएको बतायो । अफिस सकिने बेला शोभाको फोन आयो । भेटन बोलाइ । गयो । शोभाले आफ्नो कोठा लगी । कौशल थिएन ।

विजय रुन थाल्यो । शोभा अक्कन बक्क भइ ।

“के भयो विजय, किन रोएको । भन के भयो ।” रुवाइ थामिएन । दुइ दिनमै विजय आत्मा निक्के कम्जोर भएको थियो । अफुलाई समाल्नै सकेन ।

शोभाले अंगालोमा लिइ । सानो नानि जस्तै फकाई । विजय रोकिएन । निक्कै बेरमा रुवाइ हिक्कामा बदलियो ।

शोभा पनि अवरुद्ध भइ । विजयकोे रुवाइको भानपाई । भन्न आट पु¥याइन ।

“विजय, के भयो ।”

राता आखाले शोभालाई हे¥यो मात्र ।

“भन । विजय के भयो ।”

“त्यतिकै । तिमी जाने भयौ । मन थाम्न सकिन । रुन आयो” छल्न खोज्यो ।

“यो हुनै सक्दैन । हाम्रो मित्रता कति भयो । केहि बुझन सक्छु । भन तिमी किन रोएको ।”

रुन्चे आवाजमा भन्यो “शोभा,मलाई किन गुमराहमा राख्यौ । तिम्रो सम्बन्ध किन लुकायौ । कति माथि पु¥याएर पछा¥यौ । यो पिडालाई मैले कसरी सहनु ।” आशुका ढिका खसे ।

शोभाकोे अडकल सहि निस्कियो । कुनै जवाफ पाइन । चुपचाप विजयलाई हेरीरहि ।

विजय जुरुक्क उठेर हिडयो । रोक्न सकिन । सिधै कोठामा पुग्यो । शोभाले “सरि” म्यासेज पठाइछे । कर्टरर दाह्रा खायो । खाटमा डङ लडयो । ठुला आखा पा¥यो । चारै तिर घुमायो । उठ्यो । बाथरुम गयो । धारा खोल्यो । धारो मुनि उभियो । आखाको धारो त्यसैमा विलायो ।

०००

केहि दिनको बेहोसि पछि आज विजय चंगा छ । कोठा सफा ग¥यो । बाथरुमका लुगा धोयो । खाली बोतल एक बोरा भए । कोठा चिटिक्क भयो । पकायो । खायो । बाकि राख्यो । अफिस हिडयो । मुहार प्रसन्न थियो । अफिसमा सबैसँग बोलीभ्यायो ।

शोभाको विवाह दुईदिन पछि छ । आज अन्तिम महफिल हुदैथ्यो । शोभालाई दिन सुन्दर उपहार किन्नु थियो । सधै याद गराउने । बजार डुलेरे उपहार किन्यो । साँझमा कोठा पुग्यो । उपहार ढोकासँगै राख्यो । ढकढक आवाज आयो । ढोका खोल्यो । हातमा हरियो डायरीसँगै शोभा मुस्कुराइ । गुलाफी सलले टाउको छोपेकी थिइ । भित्र आइ । सलबाट निस्केर एक मुठ्ठी कपाल कम्मर सम्म पुगेको थियो । बिजयले ढोका लायो । उपहार उठायो । उपहार शोभाको टाउकोमा जोडले बजार्यो । शोभा गोप्टो परेर ढली । हल न चल भइ ।

शोभालाई अंगालोमा लियो । “तिमी कसैको हुन सक्दिनौ,शोभा । मलाई कसरी छोडन सक्छौ । तिमि बिना कसरी बाच्नु । तिमी मेरी हौ ।” कटर्रर दाह्रा खायो । शोभा मेरी शोभा भन्दै छातीमा टास्यो । शोभाको धुकधुकि बाकि थियो । धर्ति छाडदैथिइ । विजयले उठाएर ओच्छयानमा सुतायो ।

शोभाका आखा बन्द थिए । अनुहार भरभराउदो देखिन्थ्यो । कपालका लुर्का अनुहारमा थिए । पन्छायो । अनुहार हेरिरहयो । विजय लठ्ठीयो । अनुहारबाट नजर तल सा¥यो । वक्ष,पेट हुदै गोडासम्म पुगे । आखा टक्क भए । कानका लोती ताते । ज्वरो आएजस्तो भयो । विजयको कामेक्षा जागेर आयो । शोभाका एक–एक कपडा फुकाल्यो । सर्वाङ पा¥यो । अन्तिम धुकधुकि चलि रहेको थियो । शोभाको ओठमा आफ्नो ओठ जोडयो । हात शरिरभरि कुदायो । शोभा तातै थिइ । विजय पनि सर्वाङ भयो । तृप्तीको मुस्कान छोड्यो । कपडा लगाइ दियो । शोभाको धड्कन बन्द भइसको थियो । मुहारमा हे¥यो । मुस्कायो । त्यसमा निर्दोशीता गुम थियो । शोभाका ओठा चुम्यो । अझै तातै थिए । नुहायो । खान ततायो । शोभा नजिकै बसेर, उसलाई हेर्दै खायो । वियर पनि पियो । विजयको अनुहारमा सन्तुष्टी थियो ।

शोभाको गलाको सल झिक्यो । सल आफ्नो घाटीमा बे¥यो । ढोका छेउमा रहेको शोभाको हरियो डायरी उठायो । टेबल तानेर खाट नजिक ल्यायो । टेबलमा चड्यो । घाटीको सल निकालेर पंखामा बाध्यो । तलपट्टी सुर्कानो बनायो । शोभाको छेउमा घोप्टो परेर सुत्यो । कुइनाले टेकेर टाउको उठायो । एउटा हात गालामा राखेर एक छिन गम्यो । शोभालाई हेर्यो । हरियो डाइरि पल्टायो । लेख्न थाल्यो ।

०००

शोभा मेरी हो । बाट लेख्न सुरु ग¥यो । शोभाको पहिलो तस्विर । पहिलो भेट । महफिल । सबै लेख्यो । शोभा सँगका सबै क्षणलाई सम्झियो । फिल्म हेरे जस्तो । पुस्तकका पाना जसरी हे¥यो । एल्बमा तस्विर हेरे जस्तो हे¥यो । फेसबुकका फोटो जस्तो हे¥यो । कुनै दोहो¥याएर । कुनै जुमइन गरेर । कुनै जुमआउट गरेर हेर्याे । शोभाका चिसा ओठमा गहिरो चुम्बन ग¥यो । अनि कसिलो अगांलो मार्याे ।

र, अन्तिममा छल पनि हरियो डायरीमा लेख्यो ।

मोबाइ खोल्यो विहानको चार बजेको थियो । त्यसै बेला कौशलको फोन आयो । अत्तालीदै भन्यो “विजय जी, शोभा आज राती देखि सम्पर्कमा छैन ।तपाई सँग कुरा भएको थियो ।”

“ होर ! म सँग हिजो साझ एक्कै छिन भेट भएको थियो । त्यसपछि केहि पनि थाहा छैन ।” विजयले ठग्यो ।

“पुलीसलाई खबर गर्नु प¥यो ” भन्दै कौशलले फोन राख्यो ।

विजय आफ्नै धन्दामा लाग्यो । फेसबुक खोल्यो । बाह्र घण्टा अगाडीको शोभाको नोटिफिकेसन थियो । उसले फोटो आपलोड गरेकि रहिछ । उसले अहिले लगाएकै कलेजी रंगको कुर्तामा फोटो खिचेकि रहिछ । दुबैको फोटो सहित स्टाटस अपडेट ग¥यो । “हाम्रो प्रेम सफल हुनपाएन । मलाई विश्वस छ,जुन संसारमा जादै छौ त्यहा अवश्य सफल हुने छ ।”

विजय उठयो । शोभालाई अंगाल्यो । चिसो र अह्ररो भइसकेकि थिइ । विजयले कसेर अंगालो मा¥यो । निधार र ओठमा गहिरो चुम्यो ।

टेबललाई जहाको त्यहि राख्यो । खाटमाथि मुढा राख्यो । मुढामा उक्लिीयो । सलको सुर्कानो आफ्नो घाटीमा छिरायो । अनि लामो सास तान्यो । “शोभा, म पनि आउदै छु ।”मुढा गोडाले हुत्याइ दियो ।

०००

शोभा र विजय अनलाइन र अखबारमा छ्याप्छयाप्ति भए ।

विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।