मदिरा र यौन उस्तैउस्तै हो
पेग पेगमा
गहिरिन्छ
वेग वेगमा
फैलिन्छ,
ओम् नमोः शिवाय
जप मानव जप
इसान भाक
ओम माने पेमे हुम्
नैऋत्य कबोल
अल्लाह हो अकबर
आग्नेय अगाडि सार
गड ब्लेस मि
वायव्य वाचा गर
फगतः जीवन गणित बन्न सक्दैन
अलजेब्राको
पुराना थ्योरम
आफलेर
म नयाँ पाणिनि जन्माउन चाहन्छु
भष्म लेप गरी
चाहनाको
दृग बालेर
शिश्न मुण्डमा
विश्व उमार्न चाहन्छु,
खोजी छ
झुलो र चकमक्को
जस्ले यौन तृष्णाझैँ
झिलिक्क आगो पारेस्
र रागका वैतरणी तारोस्
म चिवुकमै
मोक्ष हुन चाहन्छु,
भन ए ! भान्तेहरू
के यो सम्भव छ ?