“तिमी छौ र म छु प्रिय” यस्ता तिम्रा मिठा बोलि,
“मुटु भित्र राखें तिम्लाई” भन्दै कसेऊ तुने चोली ।
घरीघरी मायाको बीच धारिला ति बात गर्छेऊ,
चोखो माया गरे जस्तै बोल्छेऊ कहिल्यै दिलै खोलि ।
कतै म नै भ्रममा छु कि? कि त तिम्रो अभिनय ?
नत्र माया निर्धक्कले फैलाईदेऊ त्यो प्रेमको झोली।
सद्भभाव र समर्पणमा तिम्लाई जीवन सुम्पिसकें,
यो हृदय घाएल पर्ने चलाऊ प्रिय प्रेमकै गोली ।
जिन्दगी के भरोसा अजै बाढ्यौं खुशियाली,
विश्वासले पर्खी बस लिन आऊँछु सजाई डोली ।