14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कवि-निवासमा माछा मार्दा

नियात्रा कृष्ण बजगाईं July 22, 2008, 1:56 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

सेप्टम्बर महिनाको दोस्रो साता सन् १९९४ । चिनियाँ अन्तराष्ट्रिय रेडियोको निमन्त्रणामा  चिनको दुई साताको भ्रमण निम्तो थियो मलाई  । इजिङ्गका लागि एक साता र तिब्बतको ल्हासा तथा सिगात्सेको लागि अर्को एक साता भ्रमण कार्यक्रम छुट्याईएको थियो । तिब्बत भ्रमण जाने टोलीमा हामी जम्मा १० जना थियौं । बेइजिङ्गबाट साँझ करिव आठबजे जहाजबाट उँडेका हामी आधा रातमा सिचुवान प्रान्तको छन्दु शहरमा थकित आँखा लिएर उत्रियौं । आँखा मिच्दै होटलमा छिर्यौं हामी सबै । तर एक झप्को पनि राम्ररी नसुते जस्तो लाग्दै थियो एका बिहानै तिब्बत जाने प्लेन चड्न दौडियै।       जहाज भित्रै चिनिया मित्र यू फूङले सुनाउनु भयो, हामीले चिनका विश्व प्रसिद्ध कवि त्यू फूको निवास हर्ने छुटायौं । यो सुनेर मेरो मन खिन्न भयो । दुखि त उनी पनि भएका रहेछन् । उनलाई पनि त्यो हर्ेर्नेर् इच्छा रहेछ । आयोजकको व्यवस्था गरे अनुसार त्यो हर्ेने कार्यक्रममा नै थिएन हाम्रो । तर उनले भने -"तिब्बत भ्रमण पछि फर्केर आउँदा हामीसँग दिउँसो करिव आठ घण्टा समय हुने भएकोले आफ्नै हिसाबले घुम्न सक्छौं ।" उनको यो जवाफले म साह्रै खुशी भए ।     अब हामी तिब्बतबाट बर्ेइजिङ आउन तिब्बत विमानस्थलमा प्रतिक्षा गर्दै थियौं समयको । मनोरम पहाडको बिचमा अबस्थित तिब्बतको धावन मार्गलाई छोड्यो जहाजले । संसारको उच्चस्थानमा अबस्थित मानिने मध्येको एक तिब्बतको बिमानस्थलमाथिको आकाशबाट अग्ला पहाड अब फुच्चे थुम्का जस्तामात्र देखिन थाले । करिब २ घण्टा आकाशमा बतासिंदै उडे पछि बिहान दश बजे हामी छन्दु विमानस्थलमा उत्रियौं ।            चिनका अन्य सहर जस्तै ब्यस्त, कोलाहाल र मान्छेको भीड छन्दु सहरमा पनि देखियो । छन्दु शहर आफैमा चिनको प्राचिन तथा ऐतिहासिक शहर रहेछ । संसारमा सुरु गरिएको पहिलो कागजको नोट दशौं शताब्दिमा छन्दु शहरबाटै गरिएको रहेछ । कला तथा साहित्यको प्रेरणाको भूमी रहेछ यो ।  हामी हतारिँदै थियौं । समय थोरै थियो ।  हामी ट्रान्जिट प्यासेन्जरमात्र थियौं  त्यस सहरको । ब्यागहरु  होटलमा थन्क्याएर अलिकति फ्रेस भएर सिधै कविजीको निवास्थान तर्फलाग्यौं ।  ब्यस्त सडकका ट्राफिक लाईटलाई छिचोल्दै उनको निवास स्थान अगाडि पुग्यौं । हामी बसेको होटेलबाट कति पनि टाढा रहेनछ । मौलिक चिनिया प्यागोडा शैलीको कलात्मक प्रवेशद्धारले परैबाट हामीलाई स्वागत गरिरहेको थियो । बाहिर प्रवेशका लागि ५ युआनको  टिकट काट्नु पर्ने रहेछ । यु फुङजीले सबै मिलाउनु भयो । प्रवेशद्धारबाट भित्र छिर्यौं हामी । आन्तरिक तथा बाह्य पर्यटकको खचाम्खच् भीड थियो । हेर्दा हेर्दै त्यो भीडमा हाम्रो समूहको जर्मन नागरिक हर्राई हाले । म एक जना नेपाली र उनी पाउहुना थियौं त्यो भ्रमण दलमा । अन्य ८ जना चिनिया थिए । लौ फसाद पर्यौ ! उनको चिनिया दोभाषे मित्र चिन्तित बने । उनलाई अंग्रजी भाषा बोल्न आउँदैनथ्यो । चिनिया भाषाको को त कुरै नगरौं । कुखुराका चल्ला माउको छेउमा जम्मा भए जस्तै हामी जम्मा भयौं यु फुङका अगाडि । केही समयपछि उनको दोभाषेले उनलाई भेट्याई छाडे ।   अखिर मेरो खरको छाप्रो  सहरदेखि बाहिरपट्टी  नदीको घुम्तीनिर, जहाँबाट  निकै चल्तीको गोरेटो तर्सिएकोछ खेततिर जंगली रुखहरु छाया पार्छन र सुर्य बाट बहन्छन् हावा सरसराउँदै यसैको पातहरुबाट ........    
  निवास भित्र पुग्ने बित्तिकै वरिपरि ठूल्ठूला हरिया रुख, फुल फुलेका आरुबखडाका बोट, खरले छाएका स-साना घर देख्दा झट्ट नेपालको कुनै पहाडी गाउँमा पुर्यो मलाई । र कविजीको उक्त सुन्दर कविताको स्मरण भयो ।           बडेमानका झाँगीएका अग्ला बाँस देख्दा धरानको बुढासुब्बा मन्दिरमा पुगे जस्तो लाग्यो । बुढासुब्बाका बाँसको जस्तो टुप्पो  भए नभएको जाँचे । टुप्पो त थियो नै । बुढासुब्बाको बाँसमा प्रेमी तथा प्रेमिकाको नाम लेखाए त्यो प्रेम अमर तथा सफल हुन्छ भन्ने मान्यता छ । आजकल त त्यहाँ नाम लेख्ने स्थानको अभाव भै सक्यो । १५-२० फिट माथिसम्म गएर लेख्न थालेका छन । जवानीमा कुनै प्रेमिका नभएकोले संयुक्त नाम लेखाएको थिइन मैले । सिंगो नाम चाही कतै कुँदेको थिए । त्यो कुन अवस्थामा छ थाहा छैन । धरानमा जस्तो बाँसमा नाम लेखाउने चलन छ कि भनेर हेरेको त्यो चाहीं  रहेनछ ।     तु फुको निवास स्थानमा मनोरम पार्क पनि बनाईएकोले एकै चोटी पार्क पनि देखियो निवास स्थान पनि देखियो । अब पहिले के हेर्ने भनेर एकछिन अलमल भयो । सबैको सहमतिमा  निवासस्थानको भ्रमण सुरु भयो ।         एउटा ठूलो कोठामा परम्परागत चिनिया मोडेलको पढ्ने टेबल, कर्ुर्सर्ीीकिताव राख्ने र्याक त्यसमा सजाएर राखेको केही किताव देखेपछि कविजीको अध्यन गर्ने कोठा रहेछ भन्ने थाहा भयो । लेख्नलाई ठिक पारेर राखेको कपी, मसी र बाँसको कलम आदि सबै हर्ेदा कविजीले पहिले प्रयोग गरेका सामान रहेछन् भन्न अनुमान गर्न गाह्रो भएन ।  त्यसलाई यसरी सजाएर राखिएको थियो कि एकैछिन पछि आएर कुनै कविता लेखि पो हाल्छन् कि  जस्तो लाग्दथ्यो ।      त्यस कोठासंगै जोडिएको अर्को कोठा उनको शयन कक्ष रहेछ । पलङ्ग, टेबल, कुर्सी सजाएर साखिएका थिए । चिनीया परम्परागत कलात्मक शैलीका फर्निचर देख्दा त्यसबेलाको उच्च कालिगडी धेरै नै बिकसित भएको रहेछ भन्ने अनुमान गरें ।       त्यहाँबाट निस्केर हामी अर्को कोठामा पुग्यो । त्यहाँ उनको समयका भाँडाकुडा, पोशाक लगायतका वस्त्रादी सजाएर राखिएको थियो । उनको समयका वादशाहाका पोशाक पनि पर््रदर्शनीमा राखिएको थियो । हरेक वंशका महाराजाका लुगा फरक फरक हुँदो रहेछ ।      हामी कछुवाको तालमा दृश्यावलोकन गर्दै हिँडिरहेका थियौं । त्यहाँका हरेक कुनाका वस्तुले खिंचिरहेको थियो हामीलाई । बेलाबेलमा हाम्रा टिमको टिम लिडर यु फुङ घडी पनि हेर्दै गर्नुहोस भन्थे । उनको आशय हामी बुझीहाल्थ्यौं । अनि पाईला अलि छिटो चाल्दथ्यौं । तर पनि कला र सुन्दरताको त्यो समिश्रणले हामीलाई प्रत्येक पटक तान्दथ्यो ।      खरले छाएको उनको निवासस्थान बाट अब हामी पार्क तिर लाग्यौं । अहो कति मज्जाले सिंगारेर बनाएको पार्क । चराको चिरबिर, झरनाको छङछङ, नदीको सुसाहट, सुन्दर फुच्चे पहाड लगायत सबै प्राकृतिक सौर्न्दर्य एउटै कम्पाउण्डमा मिलाएर राखेको रहेछ ।  
छन् चारैतिर बतासे पर्वतहरु 
असंख्य नदी-नालामा पानी आइरहन्छन् 
चिसो पानी बर्सन्छ   क्षीण जंगली रुखहरुबाट 
आद्रता टप्किन्छ, 
मैले तलतिर हेर्दा 
पुरानो सहरको छेउछाउमा  
देखिन्छन् पहेंला झाडीहरु 
बाक्लै छ बादल पनि......                              
 (त्यु फू)                                
अघिसम्मका एकत्रित हामी पार्क पुगेपछि छरियौं ।  कविजीले यी सुन्दर कविताका पङ्ती आफ्नै निवासस्थानलाई हेरेर कोरेका हुन् जस्तो लाग्यो । जो अहिले पनि ठ्याक्कै मिल्न आउँछ । प्राकृतिक छटाले भरिपर्ूण्ा  त्यस पार्कका हरेक वस्तु मानौं हामीलाई नै सम्झेर बनाईएका हुन जस्तो लाग्यो । कुनै वस्तु कुनै भन्दा कम सुन्दर थिएनन् । म चाही सोझै हानिए फुच्चे पहाडको डाँडाबाट खसेको झरना हर्ेन । एकटक लगाएर हेरिरहे । मन्त्रमुग्ध भएर हेरिरहे त्यस कृत्रिम भरनालाई । करिव २०/२५ फिटको थुम्को बनाईएको थियो । जो बिल्कुल प्राकृतिक पहाड जस्तै थियो । त्यहाँबाट खसेको पानी कविजीको कविता बनेर गुञ्जीरहेजस्तो लाग्यो । खसेको त्यो पानीलाई पछ्रयाईरहे । त्यो पानी अब सानो नदी भएर बहन थाल्यो ।  
सुषमा भरिएको 
ग्रीष्मको लामो दिनमा  
स्वच्छ नदी बहन्छ  
हाम्रो गाउँलाई घेरेर 
गौथलीका हुल  उड्छन् भुर्र.......   
खेल्छन् घरमा भित्र-बाहिर गर्दै 
जलपंक्षीहरु 
साथसाथै आनन्द मनाउँछन्  
अमर प्रेमीहरुजस्तै  
मेरी स्वास्नी  कागतमा बुद्धिचालको कोठा कोर्छर् 
जब हाम्रा साना केटीहरुचाहीं बल्छिको अंकुशी हाल्छन्........                            
(त्यु फू)      
 वास्तवमा कविजीले बर्ण्र्ाागरे जस्तै उनको निवासस्थान नै कविता रचना गर्ने प्रेरणाको स्रोत हुनर्ुपर्दछ जस्तो लाग्यो र्।र् इस्वी सम्बत ७१२ मा जन्मेका कविजीले रचेको यो कविता अहिले पनि त्यहाँको वातावरण संग मिल्दो रहेछ ।     उनले बर्ण्र्ाागरे जत्रो त्यो नदी त थिएन । तर त्यसले पार्कलाई घेरेर होइन भित्रैबाट बहन्थ्यो । अहो ! त्यस नदीमा रगींचगी माछा पो खेलिरहेका । अन्यत्र मैले ससाना त्यस्ता माछा देखेको थिए । त्यहाँ त ठूलठूला आकारका माछा पानीमा रमाईरहेका थिए ।  कति सुन्दर थिए ती माछा हातमा समाएर खेलाउँ जस्तो लागीहाल्यो । मन थाम्न नसकेर मैले पानीमा हात चोपली हाले । पार्कका कर्मचारीले देखिहालेछन्  । उनले यसो गर्न मिल्दैन भनेर सम्झाए । म लज्जित बन्न पुँगे । माछा सँग खेल्ने मन भए  अलि तल बल्छिले माछा मार्न पाईन्छ त्यतै जानु भने ।     केटाकेटीमा स्कुलको वर्षो विदामा बल्छी लिएर माछा मार्न गएको याद आयो त्यहाँ । अनि हामी उनले बताएको ठाउँ तिर गयौं । १० युआन तिरेपछि बल्छि पाईदोरहेछ । त्यो रकम तिरेर जर्मन मित्र र म माछा मार्न गयौं । माछा बल्छिमा पारेपछि घरमा ल्याउन नपाईंदो रहेछ । त्यसलाई पुनः त्यहीं पानीमा छोडिदिनु पर्ने रहेछ ।      उ बेला नेपालमा हामी बल्छीको अंकुशेमा गड्यौंला, मासुको टुक्रा लगायतका अन्य खानेकुरा अड्क्याएर माछा बल्छिमा पार्दथ्यौं । त्यहाँ त त्यस्तो रहेनछ । खानेकुरा जस्ता लाग्ने रबरका वस्तु अड्काईदो रहेछ । त्यसलाई खान माछा आउँदा त्यो त्यही अड्किएर बल्छिमा पर्दोरहेछ । त्यसलाई पटक पटक पुनः प्रयोग गर्न सकिदोरहेछ ।        हामी दुबैले माछा मार्न पानीमा बल्छि थाप्यौं । लौ ! उसले त खुरुखुरु माछा पो पार्न थाल्यो । मलाई भने त्यो बल्छि चलाउन अप्ठ्यारो भयो । त्यो बल्छि आधुनिक थियो । पानीमा छाडीएको धागोलाई बल्छिको छडी माथि चंगाको लट्र्टाई जस्तो एउटा वस्तु राखिएको हुँदो रहेछ । त्यसलाई चलाउदै छाड्दै गरेर माछालाई फकाएर थकाउँदै तान्नु पर्ने रहेछ । मैले त्यो प्रक्रिया नजानेर  बल्छिमा परेको माछा कति पटक फुत्किन्थ्पयो । त्यत्रा पानी भरि माछै माछा हुँदा एउटा पनि मार्न नसक्दा पछुताउँदै थिए । बल्ल बल्ल आधा धण्टामा एउटा माछा पारेर बाहिर ल्याए । त्यसलाई सुमसुम्याउँदै थिए । फटक्.....फटक्  गर्दै पुनः पानी मै पुग्यो । उम्केको माछा ठूलो हुन्छन् भन्थे साह्रै ठूलो माछा पारे वस्तो लागेको थियो । त्यो पनि उम्कि हाल्यो । बल्छि बुझाएर त्यहाँबाट निस्के ।              त्यसपछि पार्कको अर्को छेउ तिर गए । त्यहाँ छरिएर रहेका मानिसहरु केही लेखि रहे जस्ता, पढीरहेजस्ता देखिन्थे । सायद कवि लेखकहरु हुनुपर्छ । त्यहाँ बसेर प्रकृतिको रसस्वादन गर्दै आ-आफ्ना रचना सिर्जना गर्नमा ब्यस्त थिए । वास्तवमा त्यहाँको वातावरण नै रचना सिर्जनाका लागि साह्रै उपयुक्त थियो । अर्को तिर कलाकारहरु प्रकृतिका चित्र उतारिरहेका थिए । परम्परागत चिनिया शैलीका चित्र चिनिया मसी तथा ब्रुसको माध्यमले उतारिरहेका थिए । मलाई त्यो चित्र बनाएको कलाले मन्त्र मुग्ध बनायो । त्यस्तो चिनिया चित्र मैले पहिले चिन सचित्र भन्ने पत्रिकामा देखेको थिए । चित्र बनाएको निकैबेर हेरेपछि मलाई क्रेता ठानेछ क्यारे । चित्र किन्नलाई भन्यो । कति पर्दोरहेछ भनेर बुझ्न खोजेको तीन हजार युआन - करिव २५ हजार नेपाली रुपैयाँ) बतायो । आम्मै ! त्यत्रो पैसा हालेर के को किन्न सक्नु - लिन्न भने मैले । क्यालकुलेटरमा पैसा घटाएर देखाउँदै थियो । मैले र्सर्ुइकुच्चा ठोकि हाले ।      घुम्दा घुम्दै हाम्रो निर्धारित समय सकिसकेको थियो ।  यु फुङजीले अब जाने बेला भो भन्नु भन्नु भयो । हामी पार्कबाट बाहिर निस्कियौं । मनमा लागि रह्यो एउटा कविलाई राष्ट्रले दिने यो भन्दा ठूलो सम्मान अरु के हुन सक्छ - जसको निवासस्थानलाई पार्कमा परिणत गराएर संसारका मानिसहरुलाई कविको चिनारी गर्राई राखेको छ । हाम्रो देशमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य आदिलाई पनि यसरी स्मरण गर्न मिल्दैन र - मनमा खट्क्यो ।
झरेको प्रत्येक फूलले  
वसन्तमा त्यतिकै कमी ल्याउँछ  
मलाई यी फूलका पत्र 
हावामा उडेको देख्दा 
दुःख लाग्छ तर पनि 
जे जति बाँकी छ ,
त्यसैमा लगाई आँखा आनन्दित हुन्छु म ......                            
(त्यु फू)
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।