रात झमक्क थियो शक्तिको हुङ्कार गर्दै
मच्ची मच्ची अन्धबेग आँधी चलिरहेको थियो ।
फूल्ने बेलाको कति कोपिलाहरु तहस नहस भए
फूली सकेका कयौँ फूलहरु सुभाष छर्नबाट बन्चित भए,
यो अन्धबेग आँधी यसरी चल्दथ्यो ।
जहाँ जान्थ्यो मृत्युको नाँच नाच्दथ्यो ।
कतै सँरक्षणका छानाहरु ऊडाएर,
अनाथको सडक भरी छरी दिएको थियो ।
कतै आत्मासम्मानको पर्खाल भत्काएर
थाक थलो नै अस्त ब्यस्त थियो ।
भोकको छाप्रो मर्महात त्यसै जताततै
त्यो आँधी हाहाकार र चित्कार छर्दै जान्थ्यो,
घरि सडक भएर गाउँ पस्दथ्यो, अनि शहर
गल्ली हुँदै बगेको यो दशक आँधीले कसलाई छोड्यो ?
मध्यान्हमा पनि सफा निलो आकाशलाई
त्रासदीपूर्ण तुवाँलोले ढाकेको थियो ।
अन्तत निराश हतास निरुत्साहित प्राणीहरुकोलागि
धर्तीमा एउटा उज्यालो किरण फैलियो ,
सबै खुशीले रमायो, नाच्यो तर...............
चाहानाको बिहानी त अझै रोईरहेकै थियो ।