19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ज्ञानेन्द्र अधिकारी June 29, 2018, 6:23 am

आफैंलाई बरू बेस्सरी खारेको भए हुन्थ्यो,

भ्रमको त्यो पर्दा उघारेको भए हुन्थ्यो ।

कति पस्न खोज्छु, अटाउनै सकिन,

मनलाई त्यति सानो नपारेको भए हुन्थ्यो ।

भरोसा बिना द्वेषले जित्छ बाजि,

सम्बन्धलाई त्यति खुकुलो नछाडेको भए हुन्थ्यो ।

ठूलो आँधीको क्यै सुरै पाईएन,

बरू गुँड अन्तै सारेको भए हुन्थ्यो ।

यहाँ जोशले होशको खिल्ली गर्छ,

बेहोशीमै बरू माया मारेको भए हुन्थ्यो।

"ज्ञानेन्द्र " को आज पो चेत आय‍ो

अघिनै बरू आफू हारेको भए हुन्थ्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।