धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनुँ म किन आएँ
जिन्दगीमा एक्लै हिँड्न गाह्रो रहेछ
हर थकाइमा तिम्रो मुस्कान प्यारो रहेछ
यो अँध्यारो मुख मुस्कानलाई दिन आएँ
धेरै भो तिमी आइनौ म लिन आएँ
धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनुँ म किन आएँ
तिमी बिना सँभालिएन मेरो यो दिल
तिम्रो पनि गहमा मनको बह टिलपिल
तिमी रोइछौ तिमीसंगै म हुन आएँ
धेरै भो तिमी आइनौ म लिन आएँ
धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनुँ म किन आएँ