14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

खा

कविता शर्वराज आचार्य. June 29, 2018, 2:08 am

पैले जङ्गलबाट काटी जनतालाई रुवाएर खा

सत्तामा अहिले बसेर जनतालाई भजाएर खा

खा सक्दोसँग बालुवा गिटीहरु पानी मिसाएर खा

खा पट्टा डन, माफिया दल बनी ठेक्का र भन्सार खा

भाषा संस्कृति, भेष गौरव जति तोडेर पेलेर खा

आफ्ना जाति लडाउँदै डलरको बिटो चपाएर खा

खा बढ्दो छ दलाल तस्कर सधैँ छोपेर चिम्लेर खा

आफ्नो खोपडी एन्जिओ कुकरमा हाली पकाएर खा

काँव्रmाको छ चिरा सरि मुलुक यो सक्दो चपाएर खा

ठुलो फौज मिली लिएर तनखा भत्ता र सत्ता तँ खा

यो कस्तो सुरसा सरि मुख भयो कोचेर च्यातेर खा

कस्तो आज भइस् तँ काल महिमा खाई अघाउन्न खा

खा आफ्ना घरबार सन्तति युवा देसै कटाएर खा

खा उद्योग सबै उठाइ महँगो राजस्व भारी छ खा

खा बारी, बन खेत बोट बिरुवा खेती नराखी तँ खा

बच्चा माकुरीको भइस् सलह झैँ आमा समातेर खा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।