आजको यो शुभ विहानी
म पुर्वमा उदाएको छु
केही घण्टा, केही मिनेट र
सेकेण्ड भरको लागी
भैरे नपर्खनु मेरो उज्यालो
तेरो अँध्यारो कोठामा लौजान
टल्काउनु तेरो कालो भित्तो उज्यालोले
तर नदेखाउनु यो दुनियाँलाई !
तेरो घर उज्यालीएको
देख्ने दुनियाँलाई चाह छैन
तेरो कोठा चम्कीएको
हेर्ने उनीहरुलाई रहर छैन
त्यसैले अरुको कुरा नसुन्नु
भैरे यो उज्यालो हातमा परेको
समयमै तेरो चुलो, कोठा र क्लजेटमा
पुर्याउन सक्नु पर्छ
समय निक्कै बढी रेहेको छ
तँ मात्र ढीलाई गरी रहेको छस्
भैरे म बताउँदै छु..
पछी तितो पछुतो हुनु अगावै
खोल एकमुष्ट बाँधेका हातहरु
यो दिप समयमै भित्र्याउनु पर्छ
भैरे समयमै .. !
पेन्सीलभेनियाँ, अमेरीका