उस्तै लाग्छ अचेल तिमी पनि जून पनि
हेरी रहूँ लाग्छ सधैं डरलाग्छ छुन पनि
आँफै देखी थाकी सके जल्छु भित्र भित्रै
पोखुँ पीडा कसरी सक्दिन म रुन पनि
सुसेलेर बोलाँउदा छाती फुल्थ्यो उहिले
निरस लाग्छन किन संगीतका धुन पनि
थाहै नपाई मनमुटुमा रह्यौ,कस्तो भाग्य
ऐलेसम्म सकिन तिम्रो नजिक हुन पनि
तिम्ले होइन तिम्रो यादले सताउछ सधैं
कसरी पो तिर्नु मैले यति मिठो गुन पनि ।
बिर्तामोड १ चारपाने,झापा
हाल: ब्रस्सेल्स ।