सम्बन्धलाई बुझ्ने मन पाईदिएको भए,
अजम्वरी चोखो माया लाइदिएको भए ।
तिमीलाई नै यो जिन्दगी सुम्पिनलाई खोज्दा,
यिनै औंला चुमी कसम खाईदिएको भए।
देउराली र भन्ज्यागं पुज्दै संगै हिंड्ने रहर,
स्वरमा स्वर मिलाई प्रेमगीत गाइदीएको भए ।
तपस्या नै पूर्ण हुन्थ्यो जनम जनमको ,
मेरो निरस जिन्दगीमा छाइदिएको भए ।
बाटो हेरी बस्दाबस्दै काट्न आँट्यो जिवन,
मनको धोको पुग्थ्यो तिमि आईदिएको भए ।
भर्जिनिया युएसए