कहाँ कहाँको घर आफ्नो लाग्छ
तिमी हौ सकभर आफ्नो लाँग्छ
:
त्यो एकोहोरो हेरिरहेको बेला
त्यो मुस्कान त्यो अधर आफ्नो लाग्छ
जब प्रेम गर्ने मान्छे गुम्छ तिम्रो
तिमिलाई पत्थर आफ्नो लाग्छ
बगैँचा बिनाको न मौरी न पूतली
तिमी छौ र शहर आफ्नो लाग्छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।