19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अभावको एउटा कविता

कविता आकृति ठटाल August 21, 2018, 4:00 am

(कविता)

यो रात, म बसाईं सारिएको छु

जहाँ आमोद प्रमोदले चम्किने ताराहरु छैनन्

धुमिल छवि लैजान्छन् मलाई

खोक्रो महल अनि तर्साउने आवाजतिर

उल्झनको उज्यालोले घेर्दै मलाई

मैले संचित गरेको बत्ति निभाउंछ

अनि विचित्रताको आवाजसंगै

मेरो चिसो अन्तर समेट्ने स्थितिदेखि भाग्छ

आजको रात मेरो घर मेरो हातको परिधिबाट धेरै टाडा छ

अनि, यद्यपि सुस्तरी नै, समय चिप्लन्दैछ|

पीडाको खाटमा बांधिएको छु

अनि खालि सिंडीमा प्रतिध्वनित आवाज

मभित्रको व्यवस्थाको आवाजसंगै कराउँछन्

आजको रात

आवाजहरु अवरुद्ध छन्

ताराहरु, अनुपस्थित,

दृश्य धमिलो अनि दिशा नमिल्दो

थुप्रै गर्नुछ, अपितु ताराहरुका मुनि एउटा चुम्बन

अनि सुत्नु शान्त|

(अनुवादः भीम ठटाल)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।