18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सविता भट्टराई August 21, 2018, 12:09 pm

तीजकी चेली नौ डाँडा पारि आमाको मन धर्कियो

लिन र जाँदा भदौरे भेल देखेर छाती चर्कियो ।।

वर्षदिनमा आउँछ रमाइलो तीज दिदी बैनी भेटाउन

साथीसङ्गी, दिदी र बैनी मनको पीर मेटाउन ।।

दुईदिन घरको कामलाई छाडी चेलीको मन हँसाउन

बाबा र आमा दाजु र भाइ भेटेर खुशी मनाउन ।।

कसरी तर्ने भदौको भेल नदीमा छैन पुल बरिलै

नेपाली चेली दु:खमा पर्दा सुके हुन्थ्यो मूल बरिलै ।।

न घर बस्नु न जानु माइत चेलीको मन रुन्छ बरिलै

नेपाली चेलीको यो दु:ख देख्दा कसको मन छुन्छ बरिलै ।।

व्यास नगरपालिका, तनहूँ

हाल-- काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।