18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी November 5, 2018, 8:50 pm
भाष्कर काजी
भाष्कर काजी

मान्छेले मान्छे खाको देखिनेछ

एकदिन यसरी दुनियाँ सकिनेछ ।

भ्रष्टाचार निरुद्ध बोल्दै नबोल

तिम्लाई आतंककारी भनिनेछ ।

अगाडि, सुन्दर फूल राखिदिनुस

सन्यासिको पनि मन बहकिनेछ ।

पहिले आँखामा राखिन्थ्यो अरे !

प्रेम, अब हत्केलामा राखिनेछ ।

प्रबिधी यति अगाडी बढिसक्यो

बच्चा इन्टरनेटबाट जन्माइनेछ ।

यत्ती नै हुनेछ बाँच्ने बिकल्प तब

अक्सिजनको सिलिन्डर बोकिनेछ ।

रुँघा-७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।