18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत युवराज भण्डारी November 5, 2018, 8:52 pm
युवराज भण्डारी
युवराज भण्डारी

बाटो लामो अनेक रंगमा फुल्दै हिडे म

हर्षहरु बाड्दै आए आँशुहरु भुल्दै हिडे म ।

हर बिहान तर्दै साँघु बेसी खोलामा

फर्कन्छु सपना बोकी मनको झोलामा

बाटो लामो अनेक रंगमा फुल्दै हिडे म

मिलनको यादमा बाँचे चोट भुल्दै हिडे म ।

धेरै देंखे जिन्दगीमा पुंगे धेरै ठाउँमा

मनभित्रै फुल्छ खुशी स्वर्ग आफ्नै गाँउमा

बाटो लामो अनेक रंगमा फुल्दै हिडे म

आशाको दियो बाले रातहरु भुल्दै हिडे म ।

डुम्रिबेसी, तनहुँ

हाल: मन्ट्रियल, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।