17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अग्लो

कविता राजु आत्रेय November 5, 2018, 9:11 pm

कंक्रिट मन रैछ घर भित्र

रड र सिमेँट खोज्छ

ढलान गर्न खोज्छ शरीर

यो आकृतिमा तला थपेर

अग्लो हुन्छ मान्छे

खरको छानोमा

डाँडा र भाटा

गोबरले लिपेको मन

खरले छायेको घर

खुडकिला नभको जीउ

कति राम्रो कति राम्रो

म पिँडिमा बसेर

तिम्रो अग्लाई जोख्छु

आइफल टावर भन्दा होचै भेटछु

गोवालपाडा. असम. भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।